4 years ago
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका प्रकाश जैशी र मध्यक्रमका ब्याटर सुवास ऐरको उत्कृष्ट प्रदर्शनमा कर्णाली प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीमाथि सानदार जित हात पारेको छ । बुधबार कर्णालीले लुम्बिनीलाई १ सय ४० रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।

जितको लागि २ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अल आउट भयो । लुम्बिनीका प्रज्वल थापाले ३६ बलमा ४ चौकासहित सर्वाधिक २८ रनको योगदान दिए । दुर्गेश गुप्ताले ३७ बलमा ४ चौका सहित २० रन बनाए । तीव्र गतिका बलर अनुज चनाराले पहिलो ओभरको चौथो बलमा लुम्बिनीका ओपनर तथा कप्तान देव खनाललाई शून्यमा युनिस सिंहबाट क्याच गराएका थिए । प्रमुख ब्याटर देव आउट भएपछि लुम्बिनी खेलमा सम्हाल्लिन सकेको थिएन ।
प्रकाश जैशीले छैटौं ओभरको पाँचौं बलमा विराट भण्डारीलाई रुपक दाहालबाट ६ रनमा क्याच गराए । आठौं ओभरको तेस्रो बलमा जैशीले विशाल विक्रम केसीलाई १ रनमा बोल्ड आउट गरे । तीन बलपछि सुनिल भण्डारी एलबीडब्लू आउटको शिकार बने । चनाराले नवौं ओभरको चौथो बलमा ओपनर आकाश त्रिपाठीलाई १५ रनमा बोल्ड आउट गर्दै पेभेलिएन फर्काएका थिए । १२ औं ओभरको दोस्रो बलमा प्रकाशले वासिर अहमदलाई ४ रनमा बोल्ड आउट गरे ।

दुई बलपछि अभिषेक गौतमलाई शून्यमा बोल्ड आउट गर्दै ब्यक्तिगत पाँच विकेट पूरा गरेका थिए । एक समय ११.४ ओभरमा ४०–७ को कमजोर अवस्थामा पुगेको लुम्बिनीलाई आठौं विकेटका लागि प्रज्वल थापा र दुर्गेश गुप्ताले ४७ रनको साझेदारी गर्दै रनको अन्तर घटाएका थिए ।
कर्णालीको सानदार जितमा प्रकाश जैशीले ९ ओभरमा ४३ रन खर्चेर ५ विकेट लिए । अनुज चनाराले ७ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर युनिस सिंहले २.५ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोेजेको कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । कर्णालीका लागि मध्यक्रमका ब्याटर सुवास ऐरले ९० बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । कप्तान निश्चल रावलले ९९ बलमा ५ चौका सहित ४४ रन जोडे ।

पहिलो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर दुर्गेश गुप्ताले ओपनर मनिश थापालाई शून्यमा बोल्ड आउट गरेका थिए । तर कर्णालीलाई बायाँहाते ओपनर विपिन रावलले २६ बलमा ४ चौका र १ छक्कासहित ३२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । गुप्तालेनै सातौं ओभरको तेस्रो बलमा विपिनलाई विकेटकिपर प्रज्वल थापाबाट क्याच गराए ।
तेस्रो विकेटका लागि कप्तान निश्चल र सुवासले १ सय २२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुर्याएका थिए । सुवासलाई स्पिनर वासिर अहमदले ३६ औं ओभरको पहिलो बलमा बोल्ड आउट गरेका थिए । त्यसअघि सुवासले ब्यक्तिगत ५१ रनमा जीवनदान पाएका थिए ।
स्पिनर अभिषेक गौतमको २७ औं ओभरको पहिलो बलमा कप्तान देव खनालले सट कभरमा क्याच ड्रप गरेका थिए । ३९ औं ओभरको अन्तिम बलमा विशाल विक्रम केसीले निश्चवलाई देव खनालबाट क्याच गराए । तल्लोक्रमका प्रकाश जैशीले ३६ बल खेल्दा १ चौकासहित २५ रनमा क्याच आउट भए । राज शाह ८ र दीनेश पुन ५ रनमा आउट भए । सन्दीप शाही १० र युनिस सिंह ९ रनमा अविजित रहे ।
लुम्बिनीका बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले ९ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । विशाल विक्रम केसीले २, वासिर अहमद र मोहम्मद हुसैनले १(१ विकेट लिए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराएको थियो । कर्णालीले दोस्रो खेलमा विहीबार प्रदेश १ सँग मुलपानीमा खेल्नेछ । मुलपानीमै लुम्बिनीले सुदूरपश्चिमसँग शुक्रबार खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]