default_image

4 years ago

November 24, 2021

बागमतीको सहज जित

337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितमा गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको छ । माथिल्लो मुलपानीमा सम्पन्न खेलमा बागमतीले पहिलो जित हात पारेको हो । गण्डकीले लगातार दोस्रो हार हो ।

टस जितेर पहिला ब्याटिङ थालेको बागमती ४८.५ ओभरमा २ सय १३ रनमा अल आउट भएको थियो । बागमतीका मध्यक्रमका ब्याटर विवेक राना मगरले १ सय ११ बलमा ११ चौका र ३ छक्का सहित सर्वाधिक ८९ रनको योगदान दिए । सुर्शांशु कोइराला ६, उत्तम थापामागर ९, विपिन शाही १३, फरिद खान ६, कृश कार्की १५ र प्रतिक श्रेष्ठ १७ रनमा आउट भए । कप्तान प्रतिश जि.सीले १३ बलमा २ चौका र २ छक्का सहित २२, गौतम केसी ७, तिलक भण्डारी १ र सक्रियराज कार्कीले १४ रन बनाए ।

गण्डकीका सुदीप अर्यालले ७ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । कमल परियारले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अभिषेक थापाले ९.५ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४३.३ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । गण्डकीका अर्जुन कुमालले ९४ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनको इनिङ खेलेपनि अन्य ब्याटर चल्न नसक्दा गण्डकी पराजित हुन पुग्यो । मिलन क्षेत्री ८, सुवास भण्डारी १३, किरण पौडेल ९, सुजन गौतम १३ र कमल परियारले १० रन बनाए ।

बागमतीका कप्तान प्रतिश जि.सीले ८.३ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । तिलकराज भण्डारीले ७ ओभरमा १ मेडन सहित २२ रन खर्चेर ३ विकेट लिए । बागमती पहिलो खेलमा प्रदेश १ सँग २६ रनले पराजित भएको थियो । गण्डकी लुम्बिनी प्रदेशसँग ९ विकेटले पराजित भएको थियो ।

टियुमा भएको खेलमा भने कर्णाली प्रदेशले लुम्बिनीलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । बिहीबार टियुमा प्रदेश नम्बर २ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । मुलपानीमा प्रदेश १ र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.