4 years ago
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर दीपेन्द्र रावतको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार लुम्बिनीले आयोजक हरपुर क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको हरपुर १६.३ ओभरमा ५१ रनमा अल आउट भयो । हरपुरका रोज मोहम्मद अन्सारीले सर्वाधिक ११ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका स्पिनर दीपेन्द्र रावतले ४ ओभरमा २ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर अमित तामाङले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।
५२ रनको सामान्य लक्ष्य लुम्बिनीले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका रोहन केसीले ३० बलमा ३ चौका सहित सर्वाधिक १९ रन बनाए । सौरभ खनाल ५, सुशान्त थापा १०, सन्दीप नेपाली १ र सन्दीप रजालीले ९ रन बनाए । बुधबार पहिलो खेलमा एपिएफले आर्मीलाई १५ रनले हराएको थियो ।
लुम्बिनी २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । लुम्बिनीले पहिलो खेलमा एपिएफलाई ५२ रनले हराएको थियो । बिहीबार आर्मीसँग खेल्नेछ । लुम्बिनी सामान्य अन्तरले हार्दा पनि सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ । विजयी भएमा समूह विजेता बन्नेछ । आर्मी र एपिएफ समान २ खेलमा २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।
समूह ए बाट पुलिस र प्रदेश नम्बर २ सेमिफाइनलमा पुगि सकेका छन् । बिहीबार समूह चरणका अन्तिम खेलहरु हुनेछन् । एपिएफले बिहीबारनै हरपुरसँग खेल्नेछ । एपिएफ विजयी भएमा नेट रनरेटमा निर्भर रहनेछ । लुम्बिनीको नेटरनरेट १.३०१६, आर्मीको ०.९२५ र एपिएफको माइनस ०.२२५ छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]