default_image

4 years ago

November 25, 2021

अर्जुनको विष्फोटक शतक

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमका मध्यक्रमका ब्याटर अर्जुन साउदले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ विरुद्ध विष्फोटक शतक प्रहार गरेका छन् । अर्जुनले ७६ बलमा १२ चौका र ४ छक्का सहित शतक बनाउँदै टोलीलाई विशाल योगफल तर्फ अघि बढाएका छन् । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले तृतराज दाशको ३४ औं ओभरको चौथो बलमा एक रन बटुल्दै शतक पूरा गरेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले ३४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको छ । सुदूरपश्चिमका अर्जुन साउद ७६ बलमा १२ चौका र ४ छक्का सहित १ सय रनमा खेलि रहेका छन् । लोकेश बम ७३ बलमा १३ चौका र १ छक्का सहित ८१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । चौथो विकेटको लागि लोकेश र अर्जुनले १ सय ४२ रनको उत्कृष्ट विष्फोटक शतकीय साझेदारी गरेपछि सुदूरपश्चिमले विशाल योगफल बनाएको हो ।

कप्तान विवेक यादवले दोस्रो ओभरको पहिलो बलमै ओपनर खडक बहादुर बोहरालाई शून्यमा बोल्ड आउट गरेका थिए । विवेकलेनै चौथो ओभरको दोस्रो बलमा अर्का ओपनर गजेन्द्र बोहरालाई १६ रनमा बोल्ड आउट गरेका थिए । गजेन्द्रले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
नरेश भट्ट ३३ बलमा ५ चौका सहित ३० रनमा आउट भए ।

नरेश आउट हुँदा सुदूर १३.१ ओभरमा ८२–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका अर्जुन र लोकेशले सानदार शतकीय साझेदारी गर्दै ३१.२ ओभरमा २२४–४ को बलियो अवस्थामा पुर्याएका थिए । लोकेश तृत राजदासको बलमा एज लागेर आशिष झाबाट क्याच भएपछि शतकबाट चुकेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.