default_image

4 years ago

November 25, 2021

अर्जुनको उत्कृष्ट शतकमा सुदूरपश्चिमको बलियो योगफल

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अर्जुन साउदको उत्कृष्ट शतकमा सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २ सय ९१ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम ४१.४ ओभरमा २ सय ९० रनमा अल आउट भयो । सुदूरपश्चिमका अर्जुन साउदले ८५ बलमा १४ चौका र ५ छक्का सहित १ सय १६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । अर्जुनले ७६ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । उनी जारी यू१९ राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । अर्जुनले मध्यगतिका बलर तृतराज दासको ३४ औं ओभरको चौथो बलमा एक रन बटुल्दै शतक पूरा गरेका थिए ।

लोकेश बम ७३ बलमा १३ चौका र १ छक्का सहित ८१ रनमा आउट भएका थिए । सुरुवात औसत रहेपनि चौथो विकेटको लागि लोकेश बम र अर्जुनले १ सय ४२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि सुदूरपश्चिमले विशाल योगफल बनाएको थियो । लोकेश र अर्जुन बाहेक अन्य ब्याटरको प्रदर्शन भने खासै राम्रो हुन सकेन । एक समय ३ सय ५० माथिको सम्भावना बनाएको देखाएको सुदूरपश्मिचले तल्लोक्रममा कमजोर ब्याटिङ गरेको थियो ।

एक समय ३१.२ ओभरमा २२४–४ को अवस्थामा रहेको सुदूरपश्चिम ४१.४ ओभरमा २ सय ९० रनमा समेटिएको थियो । कप्तान विवेक यादवले दोस्रो ओभरको पहिलो बलमै ओपनर खडक बहादुर बोहरालाई शून्यमा बोल्ड आउट गरेका थिए । विवेकलेनै चौथो ओभरको दोस्रो बलमा अर्का ओपनर गजेन्द्र बोहरालाई १६ रनमा बोल्ड आउट गरेका थिए । गजेन्द्रले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नरेश भट्ट ३३ बलमा ५ चौका सहित ३० रनमा आउट भए । नरेश आउट हुँदा सुदूर १३.१ ओभरमा ८२–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका अर्जुन र लोकेशले सानदार शतकीय साझेदारी गर्दै ३१.२ ओभरमा २२४–४ को बलियो अवस्थामा पुर्याएका थिए । लोकेश तृत राजदासको बलमा एज लागेर आशिष झाबाट क्याच भएपछि शतकबाट चुकेका थिए । अर्जुन स्पिनर अजय यादवको बलमा ठूलो सट खेल्नेक्रममा लङअफमा आदिल अन्सारीबाट क्याच आउट हुन पुगेका थिए ।

तल्लोक्रमका वसन्त कार्की २७, नारायण जोशी २, शेर मल्ल १ र आकाश चन्द ७ रनमा आउट भए । प्रदेश २ का प्रदीप वासवानले ४.४ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । विवेक यादव र अजय यादवले २–२ विकेट लिए । आदिल अन्सारी र तृतराज दासले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.