4 years ago
November 25, 2021
एजेन्सी – कप्तान दिमुथ करुणारत्नेको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ८७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दुई टेस्ट खेलको सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज दोस्रो इनिङमा ७९ ओभरमा १ सय ६० रनमा अल आउट भएपछि श्रीलंकाले फराकिलो जित हात पारेको छ । वेस्टइन्डिजलाई नक्रुमाह बोनर २ सय २० बलमा ७ चौकासहित सर्वाधिक ६८ रनमा अविजित रहे । विकेटकिपर जोशुवा डि सिल्भा ५४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका स्पिनर लासिथ एम्बुल्डेनियाले सर्वाधिक ५ विकेट लिए । रमेश मेन्डिसले ४ विकेट लिए ।
पहिलो इनिङमा १ सय ५६ रनको अग्रता लिएको श्रीलंकाले दोस्रो इनिङमा १९१/४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । श्रीलंका कप्तान दिमुथ करुणारत्नेले १ सय ४ बलमा ९ चौका सहित सर्वाधिक ८३ रन बनाए । एन्जिलो म्याथ्युज ८४ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा अविजित थिए । वेस्टइन्डिजका रेहकम कर्नवाल र जमेन वारिकनले २–२ विकेट लिए ।
पहिलो इनिङमा वेस्टइन्डिज २ सय ३० रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका कप्तान कार्लोस व्रेथवेट ४१, काइल मेयर्स ४५, जेसन होल्डर ३६ र कर्नवालले ३९ रन बनाए । श्रीलंका प्रविन जयविक्रमाले ४ र रमेश मेन्डिसले ३ विकेट लिए ।
गालेमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ३ सय ८६ रनमा अल आउट भएको थियो । श्रीलंकाका कप्तान करुणारत्नेले ३ सय बलम १५ चौका सहित १ सय ४७ रनको शतकीय इनिङ खेलेका थिए । पाथुम निसांका ५६, धनन्जय डि सिल्भा ६१ र दीनेश चान्डिमलले ४५ रन बनाए । वेस्टइन्डिजका रोश्टन चेशले सर्वाधिक ५ विकेट लिए । वारिकनले ३ र शेनन ग्रेबियलले २ विकेट लिए । दोस्रो टेस्ट नोभेम्बर २९ देखि सुरुहुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]