default_image

4 years ago

November 25, 2021

ऐर र जडेजाको अर्धशतकमा भारत मजबुत

185 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर श्रेयस ऐर र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकमा भारतले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा भारत ८४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको छ ।

कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले मजबुत सुरुवात गरेको छ । भारतका लागि टेस्टमा डेब्यू खेल खेलेका श्रेयस ऐर १ सय ३६ बलमा ७ चौका र २ छक्कासहित ७५ रनमा अविजित छन् । रविन्द्र जडेजा १ सय बलमा ६ चौका सहित ५० रनमा अविजित छन् । पाँचौं विकेटका लागि जडेजा र ऐरले २ सय ८ बलमा १ सय १३ रनको शतकीय साझेदारी गरेपछि भारत मजबुत अवस्थामा छ ।

ओपनर मयंक अग्रवाललाई १३ रनमा गुमाएपनि सुभमन गिल र चेतेश्वर पुजाराले सम्हाल्लेका थिए । दोस्रो विकेटका लागि पुजारा र गिलले १ सय ३३ बलमा ६१ रनको साझेदारी गरेका थिए । गिललाई तीव्र गतिका बलर काइल जेमिसनले ५२ रनमा बोल्ड आउट गरे । ९३ बल खेलेका गिलले ५ चौका र १ छक्का प्रहार गरे । टिम साउथीको बलमा क्याच आउट हुनुअघि पुजाराले ८८ बलमा २ चौका सहित २६ रन जोडे ।

जेमिसनले कप्तान अजिंक्या रहाणेलाई ३५ रनमा बोल्ड आउट गरेका थिए । ६३ बलमा रहाणेले ६ चौका प्रहार गरे । न्युजिल्यान्डका काइल जेमिसनले ३ र टिम साउथीले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.