4 years ago
November 26, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा रहने चार खेलाडीको नाम सार्वजनिक गरेको छ । तीव्र गतिका बलर कागिसो रबाडा र पूर्व कप्तान श्रेयस ऐरलाई दिल्लीले टोलीबाट फुकुवा गरेको छ ।

दिल्लीले चार खेलाडीको रुपमा कप्तान ऋषभ पन्त, ओपनर पृथ्वी शा, स्पिनर अक्षर पटेल र तीव्र गतिका बलर एनरिच नोर्कियालाई राख्ने भएको छ । दिल्लीले रबाडा, ऐर, मार्कस स्टोइनिस र शिम्रन हेटमायर लगायतका सम्पूर्ण खेलाडीलाई फुकुवा गरेको छ । मेगा अक्सन अघि चार मात्र खेलाडी टोलीमा राख्न पाउने हुँदा अन्य खेलाडी फुकुवा गरेको हो ।
ऐर र पन्त दुबै टोलीमा हुँदा एकले मात्र कप्तानी पाउनेछन् । भारतीय क्रिकेट टोलीका भविष्यका कप्तानको रुपमा हेरिएका यी दुई खेलाडीलाईनै कप्तानी दिन ऐरलाई फुकुवा गरेको बुझिएको छ । ऐरले एक फ्रेन्चाइज टोलीको कप्तानी गर्ने बुझिएको छ । रबाडा आइपिएल २०२० का पर्पल क्याप विजेता हुन् । रबाडाले यस सिजनमा १५ खेलमा १५ विकेट लिएका थिए ।
२०२० मा १७ खेलमा ३० विकेट लिएका थिए । २०१९ मा रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए । रबाडाले दिल्लीमा एक सिजनमा ४ करोड २० लाख भारतीय रुपैयाँ पाउँदै आएका थिए । पारिश्रमिक बढाउन दिल्ली छाडेको अनुमान गरिएको छ । आइपिएलमा तीव्र गतिका बलरमाथि करोडौ मूल्यको वर्षा हुँदै आएको छ । योर्कर र गतीका लागि परिचित रबाडामाथि पैसाको वर्षा हुने अनुमान गरिएको छ ।

दिल्लीले टोलीमै राखेका विकेटकिपर ऋषभ पन्त विष्फोटक ब्याटिङका लागि विश्व चर्चित ब्याटर हुन् । पृथ्वी शाले ओपनिङ गर्दै उच्च प्रदर्शन गर्दै आएका छन् । शाले यस सिजनमा १५ खेलमा ४ सय ७९ रन बनाएका थिए । नोर्किया आइपिएल इतिहासकै सर्वाधिक बढी ( १५६.२२) गतिमा बलिङ गर्ने बलर हुन् । उनले १ सय ५० प्रतिकिलोमिटर को गतिमा बलिङ गर्ने गर्दछन् । स्पिनर अक्षर पटेल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
अन्य फ्रेन्चाइज टोलीले भने नाम सार्वजनिक गरेका छैनन् । यस पटकदेखि आइपिएलमा १० टोली हुनेछन् । दुई नयाँ टोली लखनउ र अहमदाबाद थपिएका छन् । दुई नयाँ फ्रेन्चाइज टोली अहमदाबाद र लखनउले तीन खेलाडी मात्र अनुबन्ध गर्न पाउनेछन् । जसमा दुई भारतीय र एक विदेशी हुनुपर्नेछ ।
यसअघि आइपिएलमा एक फ्रेन्चाइज टोलीले पाँच खेलाडी सम्म रिटेन गर्न पाउथें । तर नयाँ टोली थपिएपछि नियम परिवर्तन भएको हो । मेगा अक्सन ३(३ वर्षको अन्तरमा हुनेछ । अन्तिम पटक २०१८ मा मेघा अक्सन भएको थियो । २०२१ मा आइपिएलको मेगा अक्सन हुनुपर्ने थियो । तर कोरोना महामारी र अर्को वर्षदेखि दुई नयाँ टोली थपिने भएपछि २०२१ मा मिनी अक्सन भएको थियो ।

यस सिजनको आइपिएल उपाधि चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चौथो पटक उपाधि जितेको थियो । मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधि जितेको थियो । कोलकताले दुई पटक उपाधि जितेको छ । राजस्थान रोयल्स, डेस्कन चार्जस र सनराइजर्स हैदराबादले १–१ पटक उपाधि जितेका छन् ।
२०२२ मा चेन्नई, मुम्बई, कोलकता, राजस्थान, दिल्ली क्यापिटल्स, पन्जाब किंग्स, हैदराबाद, लखनउ, अहमदाबाद र रोयल च्यालेन्जर्स बेंगलोर गरि कुल १० टोली हुनेछन् । आइपिएलमा १० टोली हुनेभएपछि नेपाली खेलाडीको सम्भावना पनि बढी रहनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]