4 years ago
November 26, 2021
एजेन्सी – तीव्र गतिका बलर प्याट कमिन्स अष्ट्रेलियाको ४७ औं टेस्ट कप्तानको रुपमा नियुक्त भएका छन् । नियमित कप्तान टिम पेइनमाथि महिला सहकर्मीलाई अश्लिन म्यासेज पठाएको आरोप लागेपछि कप्तानी त्यागेका थिए । त्यसैले अष्ट्रेलियाले प्याट कमिन्सलाई नयाँ कप्तानमा नियुक्त गरेको छ ।

स्टिभ स्मिथलाई कप्तानको रुपमा हेरिएपनि कमिन्सलाई उक्त जिम्मेवारी दिएको छ । स्मिथलाई अष्ट्रेलियाले उपकप्तानको जिम्मेवारी दिएको छ । पूर्व कप्तान र तथा प्रमुख ब्याटर स्टिभ स्मिथ २०१८ मा कप टाउनमा भएको बल टेम्परिङ काण्डको कारण नेतृत्व छाड्नु परेको थियो । उक्त काण्ड अघि तीनै शैलीको कप्तानी स्टिभ स्मिथले गर्दै आएका थिए ।
विश्व टेस्ट क्रिकेटकै सर्वाधिक प्रतिष्ठित एशेज सिरिज सुरुहुन दुई साता बाँकी रहँदा अष्ट्रेलियाले नयाँ कप्तान घोषणा गरेको छ । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको पाँच टेस्ट खेल अन्तर्गत पहिलो खेल डिसेम्बर ८ देखि दि गाब्बा ब्रिसबेनमा सुरुहुनेछ । अष्ट्रेलिया एशेज ट्रफी घरमै राख्न चाहन्छ । इंग्ल्यान्ड उत्कृष्ट प्रदर्शनका साथ एशेज ट्रफीका साथ स्वदेश फर्किन चाहन्छ । विश्वका दुई उत्कृष्ट टेस्ट टोलीबीच उत्कृष्ट प्रतिस्पर्धा अपेक्षा गरिएको छ ।

प्याट कमिन्स वर्तमान टेस्ट वरीयताका नम्बर वान ब्याटर हुन् । स्मिथ वर्तमान समयका उत्कृष्ट टेस्ट ब्यारटमा पर्दछन् । सम्भवत कमिन्सपछि स्मिथनै कप्तानमा फर्किने छन् । बल टेम्परिङ काण्डका कारण उनलाई सिधै कप्तानी नदिएको हो । बल टेम्परिङ काण्डमा परेका डेविड वार्नरले भने अष्ट्रेलियाबाट जीवनभर नेतृत्व गर्न पाउने छैनन् ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीच टेस्ट सिरिज (एशेज) खेल तालिका
पहिलो टेस्ट : डिसेम्बर ८-१२, दी गाब्बा
दोस्रो टेस्ट : डिसेम्बर १६-२०, एडिलेड ओभल
तेस्रो टेस्ट : डिसेम्बर २६-३० मेलबर्न क्रिकेट ग्राउन्ड
चौथो टेस्ट : जनवरी ५-९, सिड्नी क्रिकेट ग्राउन्ड
पाँचौं टेस्ट : जनवनरी १४-१८, पर्थ स्टेडियम
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]