default_image

4 years ago

November 26, 2021

पहिला फिल्डिङ गर्दै नेपाल

405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउनेछ ।

शीर्ष स्थानमा रहेर ग्लोबल छनोट पुग्न नेपाललाई बाँकी दुबै खेलमा फराकिलो जितको आवश्यक देखिन्छ । पहिलो खेलमा हङहङसँग ६ विकेटले स्तब्ध भएको नेपालले भुटानलाई ८ विकेट र कुवेतलाई ९ विकेटले पराजित गर्दै दोस्रो स्थानमा छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । घरेलु टोली युएई ३ खेलमा ३ मानै जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । युएईको नेटरनरेट १.४६७ र नेपालको २.७९७ छ ।

नेपालले अन्तिम खेलमा आइतबार युएईसँग खेल्नेछ । नेपालले उक्त खेलमा युएईलाई हराएको खण्डमा शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने सम्भावना छ । तर नेटरनरेटमा निर्भर रहनेछ । युएईले आज कुवेतसँग खेल्दैछ । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन र भुटानलाई ४७ रनले हराएको थियो ।

मलेसिया पहिलो खेलमा युईसँग पराजित हुँदा दोस्रो खेलमा कुवेतलाई ८१ रनले हराएको थियो । हङकङसँग ४ विकेटले पराजित भएपछि अघिल्लो चरणको सम्भावनाल लगभग सकिएको छ । मलेसिया ३ खेलमा २ मा हार र १ मा जित सहित २ अंकका साथ चौथो स्थानमा छ ।
नेपालले पछिल्ला दुबै खेलमा सहज जित हात पारेको छ । त्यस्तै नतिजा आजको खेलमा दोहोराउन चाहन्छ । कुवेतलाई ९ विकेटले हराउन नेपालले २७ रनमै अल अल आउट गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.