default_image

4 years ago

November 26, 2021

नेपाललाई मलेसियाको मध्यम लक्ष्य

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई ९३ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो ।

मलेसियाकी एल्सा हन्टर ४८ बलमा ४ चौका सहित सर्वाधिक ३९ रनमा रनमा अविजित रहिन् । पहिलो ओभरको पाँचौं बलमा तीव्र गतिकी बलर कविता कुँवरले ओपनर तथा कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट भएकी थिइन् । दोस्रो ओभरको अन्तिम बलमा वान जुलिया १ रनमा रन आउट भइन् ।

युस्रिाना याकोपलाई आठौं ओभरको अन्तिम बलमा सबनम राईले १२ रनमा बोल्ड आउट गरिन् । मास एलिसालाई १५ औं ओभरमा रुविना क्षेत्रीले १४ रनमा बोल्ड आउट गरिन् । सीता रानामगरले १६ औं ओभरको पाँचौं बलमा महिरा इस्लामलाई २ रनमा बोल्ड आउट गरिन् ।
नुर अरिन्ना ६ रनमा अविजित छन् ।

नेपालकी सबनम राईले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगर र रुविना क्षेत्रीले १-१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.