4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।

जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३७ बलमा ३ चौकासहित सर्वाधिक ३० रनमा रन आउट भइन् । कप्तान रुविना क्षेत्री बेलबासे २९ बलमा २० रनमा रन आउट भइन् । नेपालले ओपनर इन्दु बर्मालाई ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता र रुविनाले ४८ रनको साझेदारी गरेका थिए । कविता जोशी १६ बलमा १० रन बनाउँदै रन आउट भइन् । सरिता मगर १८ बलमा १५ रनमा अविजित रहिन् ।
त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । मलेसियाकी एल्सा हन्टर ४८ बलमा ४ चौका सहित सर्वाधिक ३९ रन जोडेकी थिइन् । पहिलो ओभरको पाँचौं बलमा तीव्र गतिकी बलर कविता कुँवरले ओपनर तथा कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट भएकी थिइन् । दोस्रो ओभरको अन्तिम बलमा वान जुलिया १ रनमा रन आउट भइन् ।
युस्रिाना याकोपलाई आठौं ओभरको अन्तिम बलमा सबनम राईले १२ रनमा बोल्ड आउट गरिन् । मास एलिसालाई १५ औं ओभरमा रुविना क्षेत्रीले १४ रनमा बोल्ड आउट गरिन् । सीता रानामगरले १६ औं ओभरको पाँचौं बलमा महिरा इस्लामलाई २ रनमा बोल्ड आउट गरिन् ।
नुर अरिन्ना ६ रनमा अविजित छन् ।
नेपालकी सबनम राईले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगर र रुविना क्षेत्रीले १-१ विकेट लिए ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट र तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । नेपालले अन्तिम खेलमा आइतबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल शीर्षस्थानमा रहँदै ग्लोबल क्वालिफायर खेल्ने समीकरण छ । नेपाल विजयी भएको खण्डमा नेटरनरेटमा निर्भर रहनेछ ।
नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ । युएई ३ खेलमा ३ मानै जितका साथ ६ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट २.०८८ र युएईको १.४६७ छ । युएईले आज कुवेतसँग खेल्दैछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]