default_image

4 years ago

November 26, 2021

भारतविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट ब्याटिङ

164 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा उत्कृष्ट ब्याटिङ गरेको छ । दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ५७ ओभरमा कुनै विकेट नगुमाई १ सय २९ रन बनाएको छ । समग्रमा पाहुना टोली न्युजिल्यान्ड २ सय १६ रनले पछि छ ।

न्युजिल्यान्डका ओपनर विल योंगले १ सय ८० बलमा १२ चौका प्रहार गर्दै ७५ रनमा अविजित छन् । टम लाथम १ सय ६५ बलमा ४ चौका सहित ५० रनमा अविजित छन् । दुबै ओपनरले उत्कृष्ट ब्याटिङ गरेपछि न्युजिल्यान्डले उत्कृष्ट सुरुवात पाएको छ ।

दोस्रो दिनको पहिलो सेसनमा भारत १११.१ ओभरमा ३ सय ४५ रनमा अल आउट भयो । भारतका श्रेयस ऐरले टेस्ट डेब्यूमै १ सय ७१ बलमा १३ चौका र २ छक्का सहित १ सय ५ रनको शतकीय इनिङ्स खेले । रविन्द्र जडेजा १ सय १२ बलमा ६ चौका सहित ५० रनमा बोल्ड आउट गरे ।

८४ ओभरमा २५८(४ को अवस्थाबाट दोस्रो दिन सुरुवात गरेको भारतलाई तीव्र गतिका बलर टिम साउथीले धरासय बनाएका थिए । दोस्रो दिनको तेस्रो ओभरमै टिम साउथीले जडेजालाई बोल्ड गरे । साउथीलेनै विल योंगबाट श्रेयस ऐरलाई ९७ औं ओभरमा क्याच गराएपछि न्युजिल्यान्ड खेलमा फर्किएको थियो । तल्लोक्रमका रविचन्द्रन आश्विनले ५६ बलमा ५ चौका सहित ३८ रन जोडेका थिए ।

कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतलाई पहिलो दिन पाँचौं विकेटका लागि जडेजा र ऐरले २ सय ८ बलमा १ सय १३ रनको शतकीय साझेदारी गरेपछि भारत मजबुत अवस्थामा पुगेको थियो । समग्रमा यी दुई जोडीले २ सय २६ बलमा १ सय २१ रनको साझेदारी गरे ।

ओपनर मयंक अग्रवाललाई १३ रनमा गुमाएपनि सुभमन गिल र चेतेश्वर पुजाराले सम्हाल्लेका थिए । दोस्रो विकेटका लागि पुजारा र गिलले १ सय ३३ बलमा ६१ रनको साझेदारी गरेका थिए । गिललाई तीव्र गतिका बलर काइल जेमिसनले ५२ रनमा बोल्ड आउट गरे । ९३ बल खेलेका गिलले ५ चौका र १ छक्का प्रहार गरे । टिम साउथीको बलमा क्याच आउट हुनुअघि पुजाराले ८८ बलमा २ चौका सहित २६ रन जोडे ।

जेमिसनले कप्तान अजिंक्या रहाणेलाई ३५ रनमा बोल्ड आउट गरेका थिए । ६३ बलमा रहाणेले ६ चौका प्रहार गरे । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक ५ विकेट लिए । काइल जेमिसनले ३ , स्पिनर अजाज पटेलले २ र टिम साउथीले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.