4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईले कुवेतमाथि सानदार जित निकाल्दै नेपाललाई दबाब थपेको छ । कुवेतले प्रस्तुत गरेको ७७ रनको लक्ष्य युएईले ६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । उक्त सानदार जितले युएईले नेटरनरेटमा नेपाललाई पछि पारेको छ । युएई ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । आइतर नेपाल र युएईबीच अन्तिम खेल हुनेछ । शीर्षस्थानमा रहेर अर्को वर्ष हुने टि२० ग्लोबल छनोटमा पुग्न नेपालले युएईलाई हराउनै पर्नेहुन्छ । तर नेपालले नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । साँघुरो जितले मात्र नेपाल ग्लोबल छनोटमा भने पुग्ने छैन । नेपालको नेटरनरेट २.०८८ र युएईको २.३९८ छ ।
कुवेतसँग खेल्नुअघि युएईको नेटरनरेट १।४६७ थियो । सानदार जितकासाथ नेटरनरेट सुधार गरेको हो । कुवेतसँग युएई सामान्य अन्तरले विजयी भएको भए नेटरनरेटमा नेपाल भन्दा पछि पर्दथ्यो । नेटरनरेटको ठूलो अन्तर नहुँदा धेरै दबाब भने हुने छैन । तर अन्तिम ओभर वा सामान्य अन्तरले भने जितका बाबजुद पनि युएई भन्दा पछि पर्नसक्छ । केहि मनोबल रुपमा दबाब पर्नसक्छ ।
अन्तिम खेलमा नेपाल उत्कृष्ट जितका साथ ग्लोबल छनोटमा पुग्ने सोचमा हुनेछ । युएई नेपालमाथि जित वा साँधुरो हारका साथ ग्लोबल छनोटमा पुग्न चाहन्छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपनि केहि दबाबमा परेको हो । नेपालले भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । युएईले हङकङलाई ११ रन, भुटानलाई ४७ रन र मलेसियालाई ३० रनले हराएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]