4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान देव खनालको कप्तानी इनिङ्समा लुम्बिनी प्रदेशले यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो ।

सुदूरका लागि नवौं नम्बरमा ब्याटर नारायण जोशीले ७४ बलमा ४ चौका र ३ छक्का सहित ६५ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । एक समय ४ ओभरमा ११–५ को दयनिय अवस्थामा पुगेको सुदूरलाई वसन्त कार्कीले ७६ बलमा ४ चौका र २ छक्का सहित महत्वपूर्ण ५७ रन बनाउँदै इनिङ केहि उकासेका थिए । दुबै ओपनर खडक बहादुर बोहरा र गजेन्द्र बोहरा शून्यमा आउट भए । नरेश भट्ट ८ र प्रदेश नम्बर २ विरुद्धका शतकधारी अर्जुन साउद १६ रनमा आउट भएका थिए ।
त्यसपछि भने खेलमा राम्रो पूनरागमन गरेको थियो । आठौं विकेटका लागि राहुल भण्डारी र नारायण जोशीले ८२ रनको महत्वपूर्ण साझेदारी गरेपछि खराब सुरुवातको बाबजुद बलियो योगफलमा पुगेको थियो । राहुलले ५९ बलमा १ चौका र १ छक्का सहित ३७ रन जोडे । शेर मल्लले तल्लोक्रममा २ चौका र १ छक्का प्रहार गर्दै महत्वपूर्ण २४ रन जोडेका थिए । लुम्बिनी प्रदेशका मोहम्मद हुसैनले १० ओभरमा ५३ रन खर्चेर ४ विकेट लिए । दुर्गेश गुप्ताले १० ओभरमा ३ मेडन खर्चेर ४२ रन दिँदै २ विकेट लिए । राहुल चौधरी, वासिर अहमद र विशाल विक्रम केसीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ थालेको लुम्बिनीले ४८.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर देव खनालले १ सय ३२ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रन जोड्दै जित दिलाए । ओपनर आकाश त्रिपाठी १७ र तेस्रो नम्बरमा विराट भण्डारी ३२ रनमा आउट भए । विराटले ३२ बलमा ५ चौका प्रहार गरे । विशाल विक्रम केसी २० रनमा आउट भए । वासिर अहमदले ३९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहँदै रोमान्चक जित पक्का गराए ।
सुदूरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए। शेर मल्ल २, नरेन्द्र साउद र खडक बोहराले १–१ विकेट लिए । पहिलो खेलमा सुदूर प्रदेश २ सँग २ विकेटले पराजित भएको थियो । लुम्बिनी प्रदेशले गण्डकीलाई ९ विकेटले हराउँदा प्रदेश १ सँग कर्णालीसँग १ सय ४० रनले पराजित भएको थियो । लुम्बिनीले मुलपानीमा शनिबार बागमतीसँग खेल्नेछ । सुदूरले मंसिर १४ मा टियुमा गण्डकीसँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]