default_image

2 years ago

November 27, 2021

गण्डकीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २८ ओभरमा १ सय १३ रनमा अल आउट भयो । कर्णालीका प्रकाश जैशीले ३५ बलमा ३ […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २८ ओभरमा १ सय १३ रनमा अल आउट भयो । कर्णालीका प्रकाश जैशीले ३५ बलमा ३ चौका सहित सर्वाधिक २६ रन बनाए । तल्लोक्रमका अनुज चनाराले २२ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए । विपिन रावल शून्य, मनिश थापा ११ र रुपक ढकालले २० रनमा आउट भए । गण्डकीका कमल परियारले सर्वाधिक ४ विकेट लिए । किरण पौडेल ३, सुवास भण्डारी र सुदीप अर्यालले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ थालेको गण्डकीले २६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका दीपक डुम्रेले ५० बलमा ६ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिए । अर्जुन कुमाल १४, मिलन क्षेत्री ४, उत्सव श्रेष्ठ २६ र सुजन गौतम १३ रनमा आउट भए । कर्णालीका निश्चल रावल र सन्दीप शाहीले २२ विकेट लिए । अनुज चनारा, दीपेश पुन र रुपक ढकालले १–१ विकेट लिए ।

गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ९ विकेट र दोस्रो खेलमा बागमतीसँग ७५ रनले पराजित भएको थियो । कर्णालीले पहिलो खेलमा लुम्बिनीलाई १ सय ४० रनले हराउँदा प्रदेश १ सँग ७६ रनले पराजित भएको थियो । कर्णालीले सुदूरपश्चिमसँग आइतबार मुलपानीमा खेल्नेछ । गण्डकीले सोमबार प्रदेश २ सँग खेल्नेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.