4 years ago
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले हरपुर क्रिकेट च्याम्पियन ट्रफीको उपाधि जितेको छ । आर्मीले फाइनलमा नेपाल एपिएफ क्लबलाई ३ विकेटले हराउँदै उपाधि जितेको छ । टस जितेर ब्याटिङ थालेको एपिएफ १७.२ ओभरमा ७० रनमा अल आउट भयो ।

पुरन विकले १६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २४ रन बनाए । भुवन कार्की १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडे । ओपनर रित गौतम १, आसिफ शेख ४ र सुमित महर्जन ६ रनमा आउट भए । आर्मीका विक्रम सोबले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर १ विकेट लिए । साहब आलम र कुशल मल्लले २–२ विकेट लिए ।
जवाफी ब्याटिङ थालेको आर्मीले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सोमपाल कामी ११, भीम सार्की १० र विनोद भण्डारी ८ रनमा आउट भए । रोहित कुमार पौडेल ३७ बलमा १ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे । एपिएफका अमरसिंह राउटेलाले सर्वाधिक २ विकेट लिए । विपिन खत्री, भुवन कार्की, दीपक बोहरा र सुमित महर्जन १–१ विकेट लिए ।
हरपुर क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेका थिए । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी आर्मीका स्पिनर साहब आलम र उत्कृष्ट ब्याटर प्रदेश २ का विशाल शुश्लिङ चुनिए । उत्कृष्ट बलर लुम्बिनी प्रदेशका स्पिनर दीपेन्द्र राउत चुनिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]