4 years ago
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । आइसिसी एकेडेमी नम्बर २ ग्राउन्डमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

युएई ४ खेलमा ४ मानै जितका साथ शीर्षस्थानमा छ । घरेलु टोली युएई नेपाललाई स्तब्ध बनाउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । युएईले घरेलु मैदान र वातावरणको अतिरिक्त फाइदा उठाउने सोचमा छ । यता नेपाल भने युएईमाथि सहज जितका साथ ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले भने पुग्दैन । नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेपालको नेटरनरेट २.०८८ र युएईको २.३९८ छ ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको हो । त्यसपछि नेपालले सानदार जितका साथ अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानसँग ४७ रन र कुवेतलाई ७ विकेटले हराउँदै अघिल्लो चरण नजिक छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]