default_image

4 years ago

November 28, 2021

न्युजिल्यान्डलाई भारतको बलियो लक्ष्य

139 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर श्रेयस ऐर र स्पिनर अक्षर पटेलको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डलाई २ सय ८४ रनको बलियो लक्ष्य दिएको छ । जवाफी ब्याटिङ थालेको न्युजिल्यान्डले ४ ओभरमा ४–१ अवस्थामा चौथो दिन समाप्त भएको छ । टम लाथम २ रनमा क्रिजमा छन् । विल योंग २ रनमा आउट भइन् ।

अन्तिम दिन न्युजिल्यान्डलाई जितको लागि २ सय ८० रन बनाउनु पर्ने हुन्छ भने हातमा ९ विकेट छ । भारतले दोस्रो इनिङमा ८१ ओभरमा २३४–७ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा ४९ रनको अग्रता लिएको भारतले समग्रमा २ सय ८३ रनको अग्रता लिएको थियो । भारतका श्रेयस ऐरले १ सय २५ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६५ रन बनाए ।

विकेटकिपर ऋद्धिमान शाह १ सय २६ बलमा ४ चौका र १ छक्का सहित ६१ रनमा अविजित रहे । अक्षर पटेल २८ रनमा अविजित रहे । दोस्रो इनिङमा भारतको सुरुवात भने खराब थियो । एक समय ५१(५ को अवस्थामा पुगेको भारतलाई तल्लोक्रमका ब्याटरले सम्हाल्लेका थिए । मयंक अग्रवाल १७, सुभमन गिल १, चेतेश्वर पुजारा २२ र अजिक्या रहाणे ४ रनमा आउट भए । रविचन्द्रन आश्विन ६२ बलमा ५ चौका सहित ३२ रनमा आउट भए ।

न्युजिल्यान्डका टिम साउथी र काइल जेमिसनले ३–३ विकेट लिए । पहिलो इनिङमा न्युजिल्यान्ड १४२.३ ओभरमा २ सय ९६ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर टम लाथमले २ सय ८२ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । विल योंग २ सय १४ बलमा १५ चौका सहित ८९ रनमा आउट भए । न्युजिल्यान्डलाई ओपनर टम लाथम र विल योंगले ६६.१ ओभरमा १ सय ५१ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तर यी दुई ब्याटर बाहेक अन्य चल्न नसक्दा अग्रता लिनबाट चुकेको थियो । कप्तान केन विलियम्सन १८, रस टेलर ११, हेनरी निकोल्स २ र रचिन रविन्द्र १३ रनमा आउट भए । जेमिसनले २३ रन बनाएका थिए । भारतका स्पिनर अक्षर पटेलले सर्वाधिक ५ विकेट लिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए ।

भारत पहिलो इनिङमा १११.१ ओभरमा ३ सय ४५ रनमा अल आउट भएको थियो। भारतका श्रेयस ऐरले टेस्ट डेब्यूमै १ सय ७१ बलमा १३ चौका र २ छक्का सहित १ सय ५ रनको शतकीय इनिङ्स खेले । रविन्द्र जडेजा १ सय १२ बलमा ६ चौका सहित ५० रनमा बोल्ड आउट गरे ।

तल्लोक्रमका रविचन्द्रन आश्विनले ५६ बलमा ५ चौका सहित ३८ रन जोडेका थिए । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतलाई जडेजा र ऐरले२ सय २६ बलमा १ सय २१ रनको साझेदारी गरे । ओपनर मयंक अग्रवाललाई १३ रनमा गुमाएपनि सुभमन गिल र चेतेश्वर पुजाराले सम्हाल्लेका थिए ।

दोस्रो विकेटका लागि पुजारा र गिलले १ सय ३३ बलमा ६१ रनको साझेदारी गरेका थिए । गिललाई तीव्र गतिका बलर काइल जेमिसनले ५२ रनमा बोल्ड आउट गरे । ९३ बल खेलेका गिलले ५ चौका र १ छक्का प्रहार गरे । टिम साउथीको बलमा क्याच आउट हुनुअघि पुजाराले ८८ बलमा २ चौका सहित २६ रन जोडे ।

जेमिसनले कप्तान अजिंक्या रहाणेलाई ३५ रनमा बोल्ड आउट गरेका थिए । ६३ बलमा रहाणेले ६ चौका प्रहार गरे । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक ५ विकेट लिए । काइल जेमिसनले ३ , स्पिनर अजाज पटेलले २ र टिम साउथीले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.