default_image

4 years ago

November 29, 2021

नेपालले युएईसँग हार्नुको पाँच कारण

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईसँग ४८ रनले पराजित हुँदै बाहिरिएको छ ।

सन् २०२३ मा हुने टि२० विश्वकपको लागि अर्को वर्ष हुने ग्लोबल छनोटमा स्थान बनाउन नेपाल एसिया क्षेत्र छनोटमा शीर्षस्थानमा रहनुपथ्र्यो । तर नेपाल तेस्रो स्थानमा रहँदै बाहिरियो । जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रनमा अल आउट भयो ।

नेपालकी ओपनर इन्दु बर्माले २० बलमा १ चौका सहित १५ रन जोड्दा सीता रानामगर ८ बलमा ३ चौका सहित सर्वाधिक १३ रनमा आउट भइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भइन् । काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ र करुणा भण्डारी २ रनमा आउट भए । युएईकी समायरा धरणीरकाले ४ ओभरमा ५ रन खर्चेर ४ विकेट लिइन् । खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । युएईकी मध्यक्रमकी चमानी सेनेवित्नेले ३६ बलमा ७ चौका सहित सर्वाधिक ५२ रन बनाइन् । ओपनर थ्रीथा सतिस ४६ बलमा ३ चौका सहित ४७ रनमा आउट भइन् । काभिसा इगोडागे २७ बलमा १ चौका सहित २२ रनमा आउट भइन् ।

नेपाल ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । युएई ५ खेलमा ५ मानै जितका साथ १० अंक जोड्दै शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्यो । हङकङ ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोडेदै दोस्रो स्थानमा रह्यो । हङकङसँगको ६ विकेटको हारले नेपाललाई ठूलो झड्का दिएको थियो । तर युएईलाई पराजित गरेको खण्डमा अघिल्लो चरणको सम्भावना थियो । तर बलिङ र ब्याटिङ दुबैमा कमजोर प्रदर्शनका साथ हारका साथ बाहिरियो । आजको हारमा कप्तान, प्रशिक्षक, खेलाडी सबैको गल्ती बढी छ । समग्रमा नेपालले युएईसँग हार्नुको पाँच कारण यस प्रकार छन् ।

५. टि२० विशेष ब्याटरको कमी

नेपालले टि२० विशेष ब्याटरको रुपमा युएईमा डली भट्टलाई लगेको थियो । डली टोलीमा भएकी सर्वाधिक आक्रामक ब्याटर हुन् । तर डली कतारसँग दोस्रो टि२० खेलपछि टोलीमा थिइनन् । नेपालले आजको खेलमा जम्मा ५ चौका प्रहार गरेको थियो । दबाबको खेलमा एकै ओभरमा खेललाई मोड्न सक्ने खेलाडी हुनुपर्छ । तर नेपालको टोलीमा त्यस्ता खेलाडी थिएनन् ।

त्यसको फाइदा युएईका बलरले उठाए । इन्दुलाई छाड्ने हो भने अन्य सबै ब्याटरले रन भन्दा बल खेले । पाँच मध्य तीन चौका सीताको नाममा थियो । इन्दु र काजल श्रेष्ठले १–१ चौका प्रहार गरे । टि२० विशेष ब्याटर नहुँदा नेपालले युएईलाई दबाबमा राख्न सकेन ।

४. असन्तुलित ब्याटिङ क्रम

युएईविरुद्ध नेपालको ब्याटिङ लाइनअप असन्तुलित थियो । ओपनिङ इन्दु बर्मा र सीता रानामगरले गरेका थिए । आक्रामक ब्याटिङको दबाबमा विकेट गुम्ने डरपनि त्यतिनै हुन्छ । तर ओपनर सीता आउट भएपछि रुविना आउने धेरैले अपेक्षा गरिएको थियो ।

रुविना आफ्नो अनुभव र क्षमताले खेललाई मोड्न सक्थिन् । टोलीलाई आवश्यक थियो । रुविनाले जारी प्रतियोगितामा कुवेतविरुद्ध ओपनिङ गरेकी थिइन् । जुन समय नेपालले मात्र २८ रनको विजयी लक्ष्य पछ्याएको थियो । आवश्यक समयमा रुविना ओपनिङ आइनन् । सीता आउट भएपछि कविता कुँवरलाई नेपालले पठाएको थियो ।

कविताले ११ बलमा ४ रन बनाउँदै छैटौं ओभरको तेस्रो बलमा आउट भइन् । नेपालले पावर प्लेको भरपूर फाइदा उठाउनुपर्ने थियो । तर सकेन । रुविना चौथो नम्बरमा आउँदै ८ बल खेलेर २ रन बनाइन् । त्यसको दबाब अन्य ब्याटरमा पर्न पुग्यो । ठूलो सटको धुनमा लगातार विकेट गुम्यो । आक्रामक ब्याटिङको आवश्यक हुँदा रुविनापछि कविता जोशी वा अप्सरी बेगमको आवश्यक थियो ।

तर सरिता मगर र काजल श्रेष्ठलाई ब्याटिङमा आए । सरिता १७ बलमा ८ र काजल १० बलमा ८ रनमा आउट भइन् । अप्सरी र कविता त्यसपछि मात्र ब्याटिङको लागि आएका थिए । नेपालको ब्याटिङक्रमनै असन्तुलित थियो । आवश्यक आक्रामक ब्याटरको थियो । तर टेस्ट शैलीमा खेल्दै आउट भए ।

३. कमजोर बलिङ

नेपालको हारको कारणमा कमजोर बलिङ एक कारण हो । नेपाललाई जित बाहेक अन्य विकल्प थिएन । टस जिते पनि नेपालले त्यसको सदुपयोग गर्न सकेन । नेपालले युएईलाई सस्तैमा रोक्दै लक्ष्य पछ्याउनु पर्ने थियो । तर युएईले उत्कृष्ट ब्याटिङका साथ बलियो योगफल तयार पार्यो । स्कोर बोर्डको राम्रो दबाब युएईले थपेको थियो ।

कविता कुँवरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । प्रमुख बलर सबनम राईले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिइन् । करुणाले २ ओभरमा ११ र रुविनाले ३ ओभरमा १८ रन खर्चेकी थिइन् । सीताले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । संगिताले ३ ओभरमा २३ रन खर्चिन् । बलिङ कमजोर हुँदा बलियो लक्ष्य पाएको थियो । बलियो लक्ष्य पछ्याउँदा मनोबलमा पनि दबाब थियो । जुन दबाबको कारण ब्याटिङमा खराब प्रदर्शन गर्यो ।

२. ब्याकअप प्लानमा कमी

खराब प्रदर्शनको जिम्मेवारी कप्तान र प्रशिक्षकले बढी लिनुपर्छ । नेपालसँग ब्याकअप प्लान नहुनु हङकङ र युएईसँग हारको कारण हुन् । नेपालले प्रतियोगितामा विपक्षीलाई कमजोर रुपमा लिएको थियो । प्लानमा पनि खासै ध्यान दिएन । सधैं बलिङमा राम्रो सुरुवात हुन्छ भन्ने हुँदैन । कमजोर प्रदर्शन गरेको खण्डमा कसरी पूनरागमन गर्ने टोलीसँग हुनुपर्छ । तर नेपालसँग थिएन ।

युएईकी थ्रीथा सतिस र काभिसा इगोडागेले राम्रो सुरुवात दिएपछि नेपालको बलिङले पूनरागमन गर्न सकेन । पूनरागमन गर्न नसक्नुको मुख्य कारण प्लानको कमी हो । जसको भरपूर्ण फाइदा उठाउँदै युएईले बलियो योगफल बनाउँदै नेपाली ब्याटरलाई स्कोर बोर्डको थप मानसिक दबाब थप्यो ।

१. खराब ब्याटिङ र गैर जिम्मेवारपन

कमजोर ब्याटिङ र गैरजिम्मेवारी पन हारको मुख्य कारण हो । १ सय २८ रनको लक्ष्य नेपालले सजिलै पूरा गर्न सक्थ्यो । नेपाललाई अर्को चरणमा पुग्न १८.५ ओभरमा पूरा पर्नुपर्ने हुन्थ्यो । नेपालले हरेक ओभरमा ७ रन जोडेको खण्डमा सजिलै खेल जित्न सक्थ्यो । युएईको बलिङ प्रमुख कमजोरी हो । नेपाल अघि लक्ष्य पछ्याएको तीनै टोलीले युएईविरुद्ध १ सय रन कटाएका थिए ।

नेपालले युएईको कमजोरीलाई सदुपयोग नभएर उल्टै दुरुपयोग गर्यो । खराब सट र गैर जिम्मेवारी पन हारको मुख्य कारण हो । कुनैपनि ब्याटरले क्रिजमा जिम्मेवारी र धैर्यता देखाउन सकेनन् । डट बल अत्याधिक र त्यसपछि खराब सटका साथ आउट भए । जित्नको लागि पहिला खेलाडीमा जिम्मेवारी हुनुपर्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.