default_image

4 years ago

November 28, 2021

सीता टि२० विश्वकप एसिया क्षेत्र छनोटको सर्वोत्कृष्ट

629 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा उपकप्तान सीता रानामगर आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएकी छिन् । नेपाल तेस्रो स्थानमा रहँदै बाहिरिए पनि सीताले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् ।


सीताले प्रतियोगिताभर ५ खेलमा १ सय रन बनाउनुको साथै ६ विकेट लिएकी थिइन् । सीता हङकङसँग ४० रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् । तर नेपाल ६ विकेटले पराजित भएको थियो । नेपालले भुटानलाई ८ विकेटले हराउँदा सीताले १७ रन बनाउनुको साथै ३ विकेट लिएकी थिइन् । सीतानै खेलको प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

कुवेतसँग शून्यमा आउट हुँदा मलेसियाविरुद्ध ३० रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् । नेपालले मलेसियालाई ६ विकेट र कुवेतलाई ८ विकेटले हराएको थियो । मलेसियाविरुद्धनै सीता खेलको प्लेयर अफ द म्याच चुनिएकी थिइन् । अन्तिम खेलमा युएईविरुद्ध १३ रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् ।

युएई ५ खेलम ५ मानै जितका साथ शीर्षस्थानमा रहेर अर्को वर्ष हुने ग्लोबल टि२० विश्वकप छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंक जोड्दै तेस्रो स्थानमा रहेर बाहिरियो । हङकङ ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै बाहिरियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.