4 years ago
November 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर मोहम्मद हुसैन र स्पिनर वासिर अहमदको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि सहज जित हात पारेको थियो । लुम्बिनीले प्रदेश १ लाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । प्रदेश १ को पहिलो हार हो ।

१ सय ७ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका विशाल विक्रम केसीले ३० बलमा ३ चौका सहित २६ रनमा आउट भए । आकाश त्रिपाठीले ३७ बलमा १ चौका सहित १३ रनमा आउट भए । कप्तान देव खनाल ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा आउट भए । विराट भण्डारी १६ र वासिर अहमद १६ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे ।
प्रदेश १ का दीपेश कंडेलले २, लव कामत र गौरव कटवालले १-१ विकेट लिए । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले ३७.२ ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो । दीपक जोशी १८, गौरव कटवाल १९ र राकेश शाह १३ रनमा आउट भए । तीव्र गतिका बलर मोहम्मद हुसैनले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । स्पिनर वासिर अहमदले ८.२ ओभरमा ४ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । दुर्गेश गुप्ताले २ विकेट लिए ।
लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । लुम्बिनीले अन्तिम खेल बुधबार प्रदेश २ सँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा लुम्बिनी फाइनलमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नतिजा र नेटरनरेटमा निर्भर रहनेछ । प्रदेश एक ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रदेश १ ले बुधबार मुलपानी मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ । प्रदेश १ ले बिहीबार कर्णालीसँग खेल्नेछ । प्रदेश दुई ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]