default_image

4 years ago

November 29, 2021

प्रदेश २ गण्डकीसँग स्तब्ध

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश नम्बर २ लाई ५५ रनले पराजित गरेको छ । गण्डकीले दोस्रो जित निकाल्नेक्रममा उपाधिको दाबेदार प्रदेश २ लाई स्तब्ध पारेको हो ।


माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकी ४३.४ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । गण्डकीका युवा ब्याटर अर्जुन कुमालले ८८ बलमा ७ चौकासहित सर्वाधिक ४७ रन बनाए । सन्देश सुनारले मध्यक्रममा ६२ बल खेल्दै ४ चौकासहित २६ रन जोडे । प्रशान्त सिंह १०, सचिनराज अधिकारी र कमल परियारले १४–१४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


प्रदेश २ का कप्तान विवेक यादवले ९ ओभरमा २ मेडन सहित २० रन खर्चेर ५ विकेट लिए । गुलशन झाले ७.४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अजय यादव र प्रदीप पासवनाले १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको प्रदेश २ खराब ब्याटिङका साथ २२.५ ओभरमा १ सय १ रनमा अल आउट भयो ।

प्रदेश २ का तृतराज दासले ४१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३१ रन बनाए । रोहन विके २४ बलमा ३ चौका र १ छक्का सहित २३, सन्तोष कार्की ४, विवेक यादव १० र आदिल अन्सारीले १९ रन बनाए । गण्डकीलाई जित दिलाउन कमल परियारले ५.५ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा ३ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए । किरण पौडेलको नाममा २ विकेट रह्यो ।


गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ९ विकेट र बागमतीसँग ७५ रनसँग पराजित भएको थियो । कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो । गण्डकीले आफ्नो पाँचौं खेल मंगलबार टियुमा सुदूरपश्चिमसँग खेल्नेछ । प्रदेश २ ले पहिलो खेलमा सुदूरपश्चिमसँग २ विकेटले पराजित भएको थियो । प्रदेश १ सँग ७ विकेटले पराजित हुँदा बागमती प्रदेशलाई ६ विकेटले हराएको थियो । प्रदेश २ ले बुधबार लुम्बिनी प्रदेशसँग खेल्नेछ । प्रदेश २ लाई शीर्षदुईमा रहँदै फाइनल खेल्न बाँकी दुबै खेलमा जित निकालेर मात्र पुग्दैन । प्रदेश १ र लुम्बिनी प्रदेशको नतिजाले पनि प्रभाव पार्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.