4 years ago
November 30, 2021
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा टोलीमा विराट कोहली र ग्लेन म्याक्सवेललाई टोलीमा राख्ने भएको छ । मेगा अक्सन अघि टोलीमा दुई स्टार ब्याटरलाई राख्दै अन्यलाई फुकुवा गरेको छ । आइपिएल नियम अनुसार मेगा अक्सन अघि बढीमा चार खेलाडी राख्न पाइन्छ । तर बेंगलोरले दुई खेलाडी मात्र राख्ने जनाएको छ ।

म्याक्सवेललाई गत अक्सनमा बेंगलोरले १४ करोड २५ लाख भारतीय रुपैयामा अनुबन्ध गरेको थियो । कोहलीले एक सिजनको १७ करोड पारिश्रमिक पाउँदै आएका थिए । चार टोली सबै फ्रेन्चाइज टोलीले ४२ करोड भारुमा अनुबन्ध गरेको हुनुपर्छ । तीन खेलाडी अनुबन्ध गरे ३३ करोड, दुई खेलाडी राखे २४ करोड र एक खेलाडी अनुबन्ध गरे १४ करोड भारु खर्चेको हुनुपर्छ ।
म्याक्सवेलले गत सिजनमा १५ खेलमा ६ अर्धशतक सहित ५ सय १३ रन बनाएका थिए । विष्फोटक ब्याटर म्याक्सवेललाई बेंगलोरले टोलीमै राख्ने निर्णय लिएको हो । कोहली भने २००८ देखि निरन्तर बेंगलोरबाट खेल्दै आएका छन् । आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरमा पर्दछन् । कोहलीले २ सय ७ खेलमा ५ शतक र ४२ अर्धशतक सहित कुल ६ हजार २ सय ८३ रन बनाएका छन् ।
२०१३ देखि कोहलीले बेंगलोरको कप्तानी गर्दै आएका थिए । २०१६ को उनको कप्तानीमा बेंगलोर फाइनलमा पुगेको थियो । तर पछिल्लो समय अत्याधिक दबाबपछि कोहलीले यसै सिजनदेखि कप्तानी छाडेका छन् । बेंगलोर यस सिजनमा नयाँ कप्तानको साथ अघि बढ्नेछ । स्पिनर युजभेन्द्र चहल, वासिन्टन सुन्दर, ओपनर देवदत्त पाडिक्कल र तीव्र गतिका बलर हर्षल पटेललाई टोलीमा राख्न सक्ने अनुमान गरिएको थियो । बेंगलोर स्टार खेलाडीले भरिदै आएपनि उपाधि जित्न नसकेको फ्रेन्चाइज टोली हो ।

आइपिएलमा यस सिजन देखि १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहमदाबाद यस सिजनमा थपिएका नयाँ फ्रेन्चाइज टोली हुन् । यी दुई फ्रेन्चाइज टोलीले भने तीन खेलाडी मात्र टोलीमा राख्न पाउनेछन् । जसमा दुई मात्र भारतीय खेलाडी राख्न पाइने छ । दिल्लीले पृथ्वी शा, ऋषभ पन्त, एनरिच नोर्किया र अक्षर पटेललाई टोलीमा राखेको थियो ।
चेन्नई सुपर किंग्सले रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, ऋतुराज गायकवाड त्यस्तै कोलकता नाइट राइडर्सले आन्द्रे रसेल, बरुण चक्रवर्ती, वेंकटेश ऐर र सुनिल नारायणलाई राखेको छ । सनराइजर्स हैदराबादले केन विलियम्सन, मुम्बई इन्डियन्सले रोहित शर्मा र जस्प्रित बुमरालाई टोलीमा राखेको छ । राजस्थान रोयल्सले सन्जु स्यामसनलाई टोलीमा राखेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]