4 years ago
November 30, 2021
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले स्टार अलराउन्डर हार्दिक पान्ड्यालाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि फुकुवा गरेको छ । मुम्बईले कप्तान रोहित शर्मा तीव्र गतिका बलर जस्प्रित बुमराह, सूर्यकुमार यादव, काइरन पोलार्डलाई टोलीमा राखेको छ ।

हार्दिक, ईशान किशन टोलीमै रहन सक्ने खेलाडीको रुपमा थिए । राहुल चाहर र क्रुनाल पान्ड्या पनि दाबेदारमा थिए । आइपिएल नियम अनुसार मेगा अक्सन अघि बढीमा चार खेलाडी राख्न पाइन्छ । चार खेलाडीमा बढीमा तीन भारतीय र दुई विदेशी राख्न पाइन्छ ।
हार्दिक विष्फोटक ब्याटरको लागि विश्व प्रसिद्ध ब्याटर हुन् । मध्य गतिमा बलिङ गर्ने गर्दछन् । मुम्बईले २०२० र २०१९ को उपाधि लगातार जित्दा यी दुई अलराउन्डरको भूमिका महत्वपूर्ण थियो । दुबै ब्याटर एकै खेलमा खेललाई मोड्न सक्छन् ।

आइपिएलमा यस सिजन देखि १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहमदाबाद यस सिजनमा थपिएका नयाँ फ्रेन्चाइज टोली हुन् । यी दुई फ्रेन्चाइज टोलीले भने तीन खेलाडी मात्र टोलीमा राख्न पाउनेछन् । दुई भारतीय र एक विदेशी खेलाडी राख्न पाइने छन् । दिल्लीले पृथ्वी शा, ऋषभ पन्त, एनरिच नोर्किया र अक्षर पटेललाई टोलीमा राखेको थियो ।
चेन्नई सुपर किंग्सले रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, ऋतुराज गायकवाड त्यस्तै कोलकता नाइट राइडर्सले आन्द्रे रसेल, बरुण चक्रवर्ती, वेंकटेश ऐर र सुनिल नारायणलाई राखेको छ । सनराइजर्स हैदराबादले केन विलियम्सन, बेंगलोरले विराट कोहली र ग्लेन म्याक्सवेललाई टोलीमै राखेको छ । राजस्थान रोयल्सले सन्जु स्यामसनलाई टोलीमा राखेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]