default_image

4 years ago

November 30, 2021

चेन्नईमा धोनी सहित चार खेलाडी रहने

276 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले कप्तान महेन्द्र धोनी सहित चार खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनअघि टोलीमा राख्ने भएको छ । मेगा अक्सन अघि एक फ्रेन्चाइज टोलीले बढीमा चार खेलाडी राख्न पाउछन् । चेन्नईले त्यसै अनुसार महेन्द्रसिंह धोनी, ओपनर ऋतुराज गायकवाड, रविन्द्र जडेजा र मोईन अलीलाई टोलीमा राखेको छ । चार खेलाडीमा बढीमा तीन भारतीय खेलाडी राख्न पाइन्छ ।

चेन्नईले सुरेश रैना, फाफ डु प्लेसिस, ड्वेन ब्राभो र इंग्ल्यान्डका स्टार अलराउन्डर साम करनलाई टोलीबाट फुकुवा गरेको छ । चार खेलाडी मात्र राख्न पाउने हुँदा चेन्नईले टोलीबाट फुकुवा गर्नु परेको हो । चेन्नईका सर्वाधिक सफल ब्याटर रैनाले यस सिजनमा नयाँ टोलीको कप्तानी गर्ने भारतीय मिडियामा चर्चा छ । धोनी र रैनालेसँगै क्रिकेट खेल्दै आएका छन् ।

अक्सन मार्फतनै चेन्नईले रैनालाई टोलीमा ल्याउने अपेक्षा गरिएको छ । धोनी छाडेर अन्य टोलीबाट रैनाले आइपिएल खेल्ने सम्भावना कम देखिन्छ । टोली रहेका ऋतुराज गायकवाड चेन्नईका भविष्यका कप्तानको रुपमा हेरिदै आएको छ । चेन्नईलाई उपाधि जिताउन गायकवाडले १६ खेलमा ६ सय ३५ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए । गायकवाड क्लासले भरिपूर्ण वर्तमान समयका एक उत्कृष्ट ओपनर हुन् । जडेजा प्रमुख अलराउन्डर हुन् । धोनीको कप्तानीमा चेन्नईले चार उपाधि जितेको छ ।

आइपिएलको सर्वाधिक सफल टोली चेन्नईले यस सिजनपछि कप्तान परिवर्तन गर्ने सम्भावना छ । धोनीले मेगा अक्सनमा राम्रो टिम बनाउँदै अर्को सिजन देखि कप्तानी छाड्ने बुझिएको छ । आइपिएलमा यस सिजन देखि १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहमदाबाद यस सिजनमा थपिएका नयाँ फ्रेन्चाइज टोली हुन् । यी दुई फ्रेन्चाइज टोलीले तीन खेलाडी राख्न पाउनेछन् । दिल्लीले पृथ्वी शा, ऋषभ पन्त, एनरिच नोर्किया र अक्षर पटेललाई टोलीमा राखेको थियो ।

कोलकता नाइट राइडर्सले आन्द्रे रसेल, बरुण चक्रवर्ती, वेंकटेश ऐर र सुनिल नारायणलाई राखेको छ । सनराइजर्स हैदराबादले केन विलियम्सन, मुम्बई इन्डियन्सले रोहित शर्मा र जस्प्रित बुमरालाई टोलीमा राखेको छ । राजस्थान रोयल्सले सन्जु स्यामसन, बेंगलोरले ग्लेन म्याक्सवेल र विराट कोहलीलाई टोलीमा राखेको छ । पन्जाब किंग्सको नाम सार्वजनिक भएको छैन ।

चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । यस सिजनको फाइनलमा कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको थियो। चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो । चेन्नई आइपिएल इतिहासमा पहिलो पटक गतवर्ष लिगबाटै बाहिरिएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.