default_image

2 years ago

November 30, 2021

पाकिस्तानको सानदार जित

एजेन्सी – ओपनर अविद अलीको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिन ५८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका […]

88 views

0 Bookmark

एजेन्सी – ओपनर अविद अलीको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिन ५८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर अविद अली १ सय ४८ बलमा १२ चौका सहित ९१ रनमा आउट भए । अब्दुल्लाह शफिक १ सय २९ बलमा ८ चौका र १ छक्का सहित ७३ रनमा आउट भए । पहिलो विकेटका लागि अली र शफिकले १ सय ५१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । अजहर अली २४ र बाबर आजम १३ रनमा अविजित रहे । बंगलादेशका ताइजुल ईस्लाम र माहेदी हसनले १–१ विकेट लिए ।

दोस्रो इनिङमा बंगलादेश ५६.२ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । बंगलादेशका लिटन दासले ८९ बलमा ६ चौका सहित ५९ रन बनाए । यासिर अली ३६, सैफ हसन १८, मुश्फिकुर रहिम १६ र नुरुल हसन १५ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ५ विकेट लिए । सजिद खान ३ र हसन अली २ विकेट लिए ।

पाकिस्तान पहिलो इनिङमा २ सय ८६ रनमा अल आउट भएको थियो । ओपनर अविद अली २ सय ८२ बलमा १२ चौका र २ छक्का सहित १ सय ३३ रनमा आउट भए । अर्का ओपनर शफिक ५२ रनमा आउट भए । पहिलो विकेटका लागि शफिक र अलीले १ सय ४६ रनको साझेदारी गरेका थिए । बाबर आजम १०, फहिम अशरफ ३८ र हसन अली १२ रनमा आउट भए । बंगलादेशका ताइजुल इस्लामले सर्वाधिक ७ विकेट लिए ।

पहिलो इनिङमा बंगलादेश ३ सय ३० रनमा अल आउट भयो । बंगलादेशका लिटन दासले २ सय ३३ बलमा ११ चौका र १ छक्का सहित १ सय १४ रनको शतकीय इनिङ्स खेले । मुश्फिकुर रहिम २ सय २५ बलमा ११ चौका सहित ९१ र माहेदी हसन ३८ रनमा आउट भए । पाकिस्तानका हसन अलीले ५ विकेट लिए । शाहिन अफ्रिदी र फहिम अशरफले २–२ विकेट लिए । दोस्रो टेस्ट शनिबार देखि सुरुहुनेछ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.