4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यू–१९ एसिया कपमा सहज समूहमा परेको छ । अर्को महिना युएईमा हुने यू-१९ एसिया कपको लागि नेपाल सहज समूह बी मा छ ।

समूह बी मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १७ गते सम्म ( डिसेम्बर २३ देखि जनवरी १) युएईमा चल्नेछ । दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ ।
सबै टोली पुष ५ मा युएई पुगि सक्नुपर्ने हुन्छ । पुष ६ मा क्वारेनटाइन र पुष ७ मा अभ्यास हुनेछ । नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।
फाइनल पुष १७ गते दुबई इन्टरनेशल स्टेडियममा हुनेछ । यद्यपी एसियन क्रिकेट काउन्सिलले औपचारिक रुपमा भने समूह चरण र खेल तालिका भने सार्वजनिक गरेको छैन । बंगलादेश, पाकिस्तान र अफगानिस्तानले यू१९ एसियाकप खेल्ने टोली घोषणा गरि सकेका छन् । नेपालले २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।
एक साताको बन्द प्रशिक्षणपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ । नेपालले यसै साता सम्पन्न यू-१९ राष्ट्रिय प्रतियोगिता आधारमा खेलाडी छनोट गरेको जनाएको थियो । तर प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गर्ने तीव्र गतिका बलर दुर्गेश गुप्ता, अलराउन्डर नारायण जोशी लगायतका केहि खेलाडी भने बन्द प्रशिक्षण मै परेका छैनन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]