default_image

4 years ago

December 23, 2021

यू–१९ एसिया कप : भारत, पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

224 views

0 Bookmark

एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् ।

समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २३ रन बनायो । श्रीलंका मध्यक्रमका ब्याटर पवन पथिराजाले ७२ बलमा ११ चौका सहित सर्वाधिक ८६ रनको योगदान दिए ।

ओपनर चामिन्दु विक्रमसिंघे र शेवन ड्यानियलले ५४–५४ रन बनाए । श्रीलंकालाई ओपनर चामिन्दु र शेवनले १७.२ ओभरमा ९१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रानुदा सोमाराथ्नेले ५७ बलमा ४ चौका र १ छक्कासहित ६० रनमा अविजित रहे । कुवेतका जिशान अजिम र हबिर अलीले २–२ विकेट लिए ।

३ सय २४ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १७.३ ओभरमा ४९ रनमा अल आउट भयो । कुवेतका मिट भाव्सारले २५ र जुडे साल्डान्हे १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंका दुनिथ वेललेजले सर्वाधिक ४ विकेट लिए । सदिशा राजपक्षे ३ र मथिसा पथिरानाले २ विकेट लिए ।

समूह ए को खेलमा भारतले आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८२ रन बनायो । भारतका ओपनर हरनुर सिंहले १ सय ३० बलमा ११ चौका सहित १ सय २० रनको शतकीय इनिङ खेले । कप्तान एश धुल ६८ बलमा ४ चौका सहित ६३ रनमा अविजित रहे । युएईका अलिशान शराफुले २ विकेट लिए ।

२ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई ३४.३ ओभरमा १ सय २८ रनमा अल आउट भयो । युएईका कै स्मिथले ७० बलमा ६ चौका सहित सर्वाधिक ४५ रन बनाए । सूर्य सथिश २१ र ध्रुव पराशारले १९ रन बनाए । भारतका राजवर्धन हांगरगेकरले ३ विकेट लिए । गर्व सांगवान, विक्की वोस्टवाल र कौशल ताम्बले २-२ विकेट लिए ।

समूह ए कै अर्को खेलमा आइसिसी एकेडेमी ग्राउन्ड २ मा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान २३.१ ओभरमा ५२ रनमा अल आउट भयो । अफगानिस्तानका नङ्गेलिया खरोटेले सर्वाधिक १५ रन बनाए । पाकिस्तानका अमिद खानले सर्वाधिक ३ विकेट लिए। जिशान जमिर र अवैस अलीले २–२ विकेट लिए । उक्त लक्ष्य पाकिस्तानले १६.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

शुक्रबार नेपालले बंगलादेशसँग खेल्नेछ । समूह ए मा पाकिस्तान, भारत, अफगानिस्तान र युएई छन् । समूह बी मा नेपाल, श्रीलंका, बंगलादेश र कुवेत छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.