4 years ago
December 27, 2021
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को सेमिफाइनलमा पुगेका छन् । सोमबार भारतले अफगानिस्तान र पाकिस्तानले युएईलाई हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

पहिलो खेलमा पाकिस्तानले युएईलाई २१ रनले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । आइसिसी एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १९ रन बनायो । पाकिस्तानका कासिम अक्रमले ६७ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए । विकेटकिपर हसिबउल्लाहले ३९, मोहम्मद शाहजादले २९ र अहमद खानले ३४ रनको योगदान दिए । युएईका अयान खानले सर्वाधिक तीन विकेट लिए ।
२ सय २० रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । युएईका कै स्मिथ र आयन खानले समान ३८ रन बनाए । पाकिस्तानका कासिम अक्रमले तीन, मोहम्मद जिशान, मेहरान मुम्ताज र माज अहमदले २–२ विकेट लिए ।
भारतले युएईलाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५९ रन बनायो । अफगानिस्तानका इजाज अहमद अहमदजाईले ६८ बलमा १ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।
सुलीमान सफीले ८६ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे । चौथो विकेटका लागि सफी र अहमदजाईले ८८ रनको साझेदारी गरेका थिए । खैवर अली १२ बलमा ४ चौकासहित २० रनमा अविजित रहे । भारतका कौशल ताम्बे, विक्की ओस्टल, राजनगड बावाले १–१ विकेट लिए ।
२ सय ६० रनको विजयी लक्ष्य भारतले ४८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा ओपनर हरनुर पन्नुले ७४ बलमा ९ चौका सहित ६५ रनको योगदान दिए । राजनगढ बावा ४३, कौशल ताम्बे र अंगक्रिश रघुवंशीले ३५–३५ रन बनाए । पहिलो विकेटका लागि हरनुर र अंगक्रिशले १ सय ४ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । यश धुल २६ र निशान्त सिन्धुले १९ रन बनाए । अफगानिस्तानका नुर अहमद लकनवालीले सर्वाधिक ४ विकेट लिएपनि हार टार्न सकेनन् ।

नेपाल समूह बी मा रहेपनि सुरुवाती दुई खेलको हारले बाहिरी सकेको छ । नेपालले अन्तिम खेल बुधबार कुवेतसँग खेल्नेछ । समूह बी बाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगि सकेका छन् । समूह ए को विजेता पाकिस्तानले सेमिफाइनलमा समूह बी को उपविजेता खेल्नेछ । समूह ए को उप विजेता भारतले समूह बी को विजेतासँग खेल्नेछ ।
बुधबार बंगलादेश र श्रीलंकाबीचको नतिजाले विजेता निर्धारत गर्ने छ । सेमिफाइनल बिहीबार र फाइनल शुक्रबार हुनेछन् ।
अंक तालिका
पाकिस्तान समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । भारत ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । अफगानिस्तान ३ खेलमा १ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रहेर बाहिरीयो । युएई तीन खेलमा विहीन हुँदै वाहिरीयो ।
समूह बी मा बंगलादेश २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । समान २ खेलमा अंक विहनी हुँदै नेपाल तेस्रो र कुवेत पुछारमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]