4 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके आज नेपाल आउँदै छन् । पुबुदु मध्याहन्न ११ : ३० मा त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए ।

गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) मंसिर २५ मा पुबुदुलाई नियुक्त गरेको थियो । श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी समेत रहेका पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । पुबुदुलाई नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक समेत भन्ने गरिन्छ । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन गरेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।
पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षणको रुपमा काम गरेका थिए । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण पुबुदुले प्रशिक्षक छाडेर अमेरिका गएका थिए ।
पुबुदुको अवको मुख्य उदेश्य फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० ग्लोबल विश्वकप छनोट ए मा हुनेछ । शीर्ष दुईमा रहँदै विश्वकप खेल्न नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । विनोदका अनुसार नेपालले आज साँझ बन्द प्रशिक्षणको मिति तय गर्नेछ । डिसेम्बर २१ देखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्ने भनेपनि खेलाडीसँगको विवादको कारण स्थगित भएको थियो । तर खेलाडी र क्यानको किचलो र विवादको कारण नेपाली टोलीले तयारी थाल्न सकेको छैन । खेलाडीभित्र रहेको गुटउपगुट पुबुदुको मुख्य चुनौती हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]