4 years ago
January 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार विहान नौं बजे सम्म बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । कप्तान परिवर्तन नहुने भएको छ । ज्ञानेन्द्र सहितको समूहले भने कप्तान परिवर्तन गर्नुपर्ने माग गर्दै आएको थियो । क्यानले सन्दीप लामिछानेलाई कप्तानीमा नियुक्त गरेको हुँदा परिवर्तन नगर्ने जनाएको हो । चार क्रिकेटरमाथि २०२२ को सुरुवाती ६ महिना ग्रेडमा लगाएको प्रतिबन्ध भने क्यानले फुकुवा गरेको छ ।
क्यानले मंसिर २९ मा नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै २०२२ को सुरुवाती ६ महिना ग्रेड मै नराख्ने निर्णय गरेको थियो । यी दुवै कारवाही फिर्ता हुनुपर्ने भन्दै ज्ञानेन्द्र समूहले शनिबार बोलाएको बन्द प्रशिक्षणमा गएका थिएनन् ।
क्यानले शनिबार बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडीहरुलाई होटलमा उपलब्ध नभएपछि प्रशिक्षण नै प्रभावित बनेको थियो । तर आइतबार बसेको बैठकले सहमती भएको बुझिएको छ । कारबाहीमा परेका चार क्रिकेटरसँगै करण केसी, अभिनाश बोहरा, सुशान भारी, कुशल भुर्तेल, विनोद भण्डारी, रोहित कुमार पौडेल, नन्दन यादव र विक्रम सोब लगायतका १२ खेलाडी अनुपस्थित नहुने जनाएका थिए । अन्य खेलाडी होटल पुगेका छन् ।
ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोधेको थियो ।
खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । कप्तान ज्ञानेन्द्र मल्ल सहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधे । त्यसपछि विवाद झन बढ्दै गएको छ । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । त्यसपछि मंसिर २९ मा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]