9 years ago
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिया कप खेल्न थाइल्यान्ड पुगेको नेपाली महिला क्रिकेट टोली बिहीबारको अभ्यास खेलमा घरेलु टोलीसँग १९ रनले पराजित भएको छ । ८३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले २० ओभरको खेलमा ५ बल अघि सबै विकेट गुमाउँदै नेपाली टोलीले ६३ रन मात्र बनाउन सक्यो ।

नेरी थापाबाहेक कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन जोड्न नसकेपछि नेपालले पहिलो अभ्यास खेल गुमाएको थियो । २३ बल खेलेकी पूर्व कप्तान नेरीले १ चौका सहित १७ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले ९ बलमा १ चौकासहित ५ रन जोडिन् । नेरी र रुविना बाहेकले चौका प्रहार गर्न सकेनन् । ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने ज्योति पाण्डेले १ रन बनाइन् । त्यस्तै सीता रानामगरले २, इन्दु बर्माले १, रश्मी शर्मा चौलागाईले ६, करुणा भण्डारीले ४, पूर्व कप्तान निरा राजोपाध्यायले ७ , सरिता मगरले ५ र रोशनी बोहोराले १ रन बटुलेकी थिइन् । थाइल्यान्डका लागि नाताया बोचाथाम, राताना पाडुंगेलेरो र रातानार्पोन साङसोमाले समान २ तथा सोराया लाथ र सेलिपोर्न लाउलले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले चानिदा सुथिरुङको अविजित ३५ रनको मद्दतमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । ओपनर नाथाकानले १० र सिनामिन सेन्याले अविजित १० रन बनाउनुबाहेक घरेलु टोलीका लागि पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सरस्वती चौधरी, सीता रानामगर र करुणा भण्डारीले समान २ तथा रुविना क्षेत्रीले १ विकेट लिइन् ।


![]()
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]