default_image

4 years ago

January 6, 2022

प्रधानमन्त्री टि२० राष्ट्रिय प्रतियोगितामा आर्मी र पुलिस एकै समूहमा

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा नेपाली घरेलु क्रिकेटका दुई बलिया टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा छन् । प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु र मुलपानी मैदानमा हुने छ ।

समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उद्धघाटन खेलमा आर्मी र कर्णालीबीच टियु मैदानमा हुनेछ । त्यसदिन टियुमै दोस्रो खेल एपिएफ र प्रदेश २ बीच हुनेछ ।

त्यसदिन उता मुलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् । दोस्रो खेलमा बागमती र लुम्बिनी भिड्नेछन् । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । दुबै सेमिफाइनल माघ ४ र फाइनल माग ५ मा हुनेछ ।

यसअघि प्रधानमन्त्री कप एकदिवसिय शैलीमा हुँदै आएपनि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि२० शैलीमा गर्न लागेको हो । योसँगै ७ वर्षपछि नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ । क्रिकेट म्यानेजर विनोद दासले प्रधानमन्त्री कप प्रशिक्षक पुबुदु दासनायिकेसँगको समन्वय र धेरै समय यसलाई खर्चिन नमिल्ने हुँदा लिगमा गर्न नसकेको जानकारी दिए ।

यस अघिका चारै संस्करण एक दिवसिय शैलीमा आयोजना भएपनि यस पटक आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर टि२० शैलीमा हुन लागेको हो ।

थप जानकारीको लागि यो पढ्नुहोस् : प्रधानमन्त्री कप टि२० शैलीमा आयोजना हुने

तीन नयाँ अनुहार समेट्दै पिएमकप खेल्ने कर्णालीको टोली घोषणा

खेल तालिका

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.