4 years ago
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उठ्ने भएका छन् ।

शक्तिले बिहीबार सामाजिक सञ्चाल मार्फत माघ पाँच गर्ते हुने रुपन्देही जिल्ला क्रिकेट संघको जिल्ला अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका छन् । ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको लागि नयाँ सोच र योजना सहित रुपन्देहीलाई नेपालको उत्कृष्ट जिल्ला बनाउने सोच लिएर मैले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न गएको छु’, शक्तिले भने । त्यसैमा उनले थपे, ‘यस अभियानलाई सफल पार्न सम्बन्धित ब्यक्ति र पादधिकारीबाट सहयोग र सुभेच्छाको आशा गरेको छु’ ।
रुपन्देहीको अध्यक्षमा शक्ति र हरि थापा अध्यक्ष पदमा उठ्ने चर्चा छ । हरि थापा नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका विश्वास पात्र मानिन्छन् । नेपाली क्रिकेटका एक सफल क्रिकेटर शक्तिले २०१८ मा नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । नेदरल्यान्ड्समा अगष्टमा भएको नेपालको पहिलो ऐतिहासिक ओडिआई खेलसँगै शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिएका थिए ।
सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । अर्को वर्ष सिंगापुरमा एसीसी ट्रफीबाट उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’गरेका शक्तिल टी-२० विश्वकप, डिभिजन ५, ४ र ३ को हुँदै वान डे मान्यता प्राप्त सम्म शक्तिको योगदान महत्वपूर्ण थियो ।

नेपालले २००२ देखि २०१८ सम्म हात पारेका सफलतामा शक्तिको योगदान निकै महत्वपूर्ण थियो । २०१४ को टि२० विश्वकपमा शक्तिले उत्कृष्ट प्रदर्शन गरेका थिए । शक्तिले २०१२ मा युएईमा भएको टि२० विश्वकप छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक लिएका थिए । त्यसै वर्ष शक्तिले डिभिजन फोरमा मलेसियाविरुद्ध १० ओभरमा ८ मेडनसहित २ रन खर्चेर ३ विकेट लिँदै विश्व कीर्तिमान राखेका थिए । जुन बायाँ हाते अर्थोडक्स स्पिनरले सिमित ओभरमा गरेको सवैभन्दा कम इकोनमीको प्रदर्शन हो ।
२०१२ मा शक्ति इन्डियन प्रिमियर लिग (आइपिएल) को राजस्थान रोयल्समा टायल दिन गएका थिए । सन्न्यासपछि शक्तिले भैरहवामा स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् । वर्तमान सिनियर टोलीका अलराउन्डर कुशल मल्ल र स्पिनर सुशान भारी शक्तिका उत्पादन हुन् । शक्तिले आफ्नो स्वर्गिय वुवाको सम्झनामा खड्ग प्रसाद गौचन मेमोरियल यू-१६ प्रतियोगिता आयोजना गर्दै आएका छन् । त्यसको लागि यस सिजनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा शक्तिले ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]