default_image

6 years ago

February 10, 2020

विपक्षीलाई ‘भारी’ शक्तिका ‘कुशल’ चेला

381 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालका लागि घरेलु मैदानमा भइरहेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजमा चार खेलाडीले डेब्यु गरेका छन् । त्यसमध्य दुई बायाँ हाते खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । नेपालले अपेक्षित नतिजा हासिल गर्न नसकेपनि स्पिनर सुशन भारी र अलराउन्डर कुशल मल्लले प्रभावशाली प्रदर्शन गरेका छन् । संयोग नै मान्नुपर्छ, यी दुवै बायाँ हाते खेलाडीका प्रशिक्षक नेपाली क्रिकेटका लेजेन्ड शक्ति गौचन हुन् ।

शक्ति गौचन सायदै विश्वका एकमात्र खेलाडी हुनुपर्छ जसले ओडीआई डेब्यु खेल नै संन्यासको घोषणा गरे । नेपाली क्रिकेटमा डेढ दशक खेलाडीका रुपमा बिताएका शक्तिले नेपाली क्रिकेटको इतिहासकै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलेपछि अन्तर्राष्ट्रिय करीअरबाट बिदा लिएका थिए । क्रिकेटबाहेक सायदै केहि सोचेका उनले आफ्नो बाँकी जीवन क्रिकेटमा व्यतित गर्ने प्रष्ट पारेका थिए । उनले आफ्नो गृहनगरमै एकडेमी समेत संचालन गर्दै आएका छन् ।

नेदरल्यान्ड्सविरुद्ध उसकै घरेलु मैदानमा खेलिएको उक्त सिरिजको लागि टोलीको बिदाइका क्रममा शक्तिले मन्तव्य दिँदा भनेका थिए, ‘ मेरो स्थान लिने खेलाडी अब तयार भएका छन् । नेपालले पाएको ओडीआई मान्यता निरन्तरता दिने जिम्मेवारी अब आउने पिढीका खेलाडीसँग छ ।’ शक्तिले यसो भनिरहँदा सुशनको रुपमा नेपालले दिर्घकालिन समाधान आंकलन गर्न सकिन्छ ।

नेपालले बुधबार ओमानविरुद्ध आईसीसी विश्वकप लिग २ अन्तर्गत खेल खेल्दै घरेलु मैदानमा ओडीआई डेब्यु गर्यो । यससँगै टीयू मैदानले पनि ओडीआई मैदानको मान्यता प्राप्त गरेको थियो । उक्त खेलमा नेपालका सुशनले ओडीआई डेब्यु गरे । सुशनले डेब्युमा नै प्रभावशाली प्रदर्शन गरे तर नेपाललाई जितसम्म डोर्याउन भने अन्य खेलाडीको उत्तिकै साथ पाएनन् ।

दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध कुशललाई पनि डेब्यु दियो । उनले ब्याटिङमा उत्कृष्ट अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान नै कायम गरे । सबैभन्दा कम उमेरमा ओडीआई अर्धशतक प्रहार गरेको उनले बलिङमा पनि प्रभाव जमाए । तेस्रो खेलमा ओमानविरुद्ध पराजित हुँदा पनि दुवैको प्रदर्शन राम्रै रहयो ।

अमेरिकाविरुद्ध जित हासिल गरेपछि आफ्ना दुई खेलाडीको डेब्युबारे सोध्दा शक्तिले मुस्कान छाड्दै भने,’ धेरै नै खुसी लागेको छ । एक प्रशिक्षकले आफ्नो खेलाडी देशको लागि खेलेको हेर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ,’ उनले थपे, ‘ मैले खेलाडी जीवनबाट संन्यास लिँदा भनेको थिएँ कि अब मेरो लक्ष्य खेलाडी उत्पादन गर्नु हो । आज यी दुईको डेब्युले मलाई थप उर्जा मिलेको छ ।’

शक्तिले सुशन र कुशलको लागि लामो समय मिहिनेत गरेको प्रष्ट पारे । ‘सुशन र कुशल केहि महिनाको मिहिनेतले यहाँ सम्म आइपुगेका होइनन् । सुशनसँग पछिल्लो १२ वर्षदेखि म सँगै छु । कुशललाई पनि पछिल्लो ६ वर्षदेखि निरन्तर साथ लाग्दै आएको छु । दुवै खेलाडीले निकै मिहिनेत गरे र यहाँसम्म आइपुगे । तर यो मात्र सुरुवात हो । यसैलाई निरन्तरता दिनका लागि म अझैपनि लागिरहने छु,’ उनले भने ।

शक्तिले सुशन र कुशलको आगमनले आफूमा अझै उर्जा थपिएको बताए । ‘ मैले प्रशिक्षण गर्न सुरु गरेपछि कम्तिमा २-३ खेलाडी राष्ट्रिय टोलीका लागि दिन सकूँ भन्ने सोचेको थिएँ । तर जुन किसिमको सफलता हात पारेको छु, आशा छ २० खेलाडी देशका लागि दिन सकूँ । जोश र जाँगर बढेको छ । उत्तिकै मिहिनेत पनि गर्नेछु,’ आफ्नो जमानाका उम्दा खेलाडी शक्तिले थपे ।

शक्तिले सुशनका लागि आफूले तुलनात्मक धेरै मिहिनेत गर्नु नपरेको बताए । ‘ सुशन पहिला देखि नै प्राविधिक रुपमा निपुण थियो । उसको स्किल थियो तर त्यसमा थप निखार ल्याउन जरुरि थियो । मैले मेन्टरका रुपमा उसको साथ बसेर उसमा निखार ल्याउने कार्य गरें । सुशनले म सँग पनि खेलेको छ । उ ढिलो चाँडो यस स्थानमा आउंछ भन्ने विश्वास थियो,’ उनले थपे ।

यता कुशलका लागि भने पछिल्लो एक वर्ष निकै मिहिनेत गर्नुपरेको शक्तिले बताए । अघिल्लो पटक यू-१९ टोलीमा पर्न कठिन उनलाई यहाँसम्म आउन समय खर्चेका थिए । ‘कुशलका लागि निकै मिहिनेत गर्यौं । उसमा प्रतिभा देखेपनि खेलका लागि तयार पार्न निकै मिहिनेत गर्नुपर्यो । अघिल्लो वर्ष यू-१९ को क्याम्पमा उसले धेरै कुरा सिक्यो । फिटनेसमा थप जोड लगाएपछि मात्र अन्तिम टोलीमा पर्न सकिन्छ भने त्यहाँ उसले राम्रोसँग बुझ्यो । त्यसपछि विशेष योजना लिएर आयौं ।’

‘ एक समय ९० केजी तौल पुगेको उसले केहि सातामा १० केजी घटाएर सेपमा आयो । प्राविधिक पक्षमा उसको बलियो र कमजोर पक्ष पहिल्याएर अगाडी बढ्यौं । डाइट प्लान अनुसार खानपिन र फिटनेसमा पनि ध्यान दिएपछि चुस्त देखिन थाल्यो । मानसिक रुपमा पनि आत्मविश्वास बढाउन थाल्यौं,’ उनले थपे, ‘ आफ्नो तर्फबाट सक्दो प्रयास गरें र उसले पनि सोहि अनुसार साथ दियो । टिमवर्कको नतिजा मान्नुपर्छ जो आज यस स्थानमा पुगेको छ ।’

शक्तिले सुशन र कुशल पनि आफूजस्तै बायाँ हाते हुनु मात्र एक संयोग रहेको बताए । ‘ यो त् संयोग नै भन्छु कि हामी सबै बायाँ हाते छौँ । भवनले जुराएको बन्नुपर्छ,’ उनले थपे ।

सुशन र कुशलबाट उत्कृष्ट प्रदर्शन पाएपछि उत्साहित शक्तिले लामो समयदेखि प्रशिक्षण दिंदै आएका छन् । उनले यसै वर्ष मात्र आफ्नो बुबाको स्मृतिमा प्रतियोगिता आयोजना गरेर केहि प्रतिभा पहिचान गरेका छन् । आफ्नै एकडेमी समेत रहेको शक्तिले त्यहाँ नियमित प्रशिक्षण दिंदै आएका छन् ।

shakti gauchan

शक्तिले आउने दिनमा यसलाई अझै वृहत बनाउने योजना रहेको बताए । ‘उत्कृष्ट खेलाडी उत्पादन गर्न समय लाग्छ । प्रतिभा खोज्ने र उनीहरुलाई वातावरण दिने हाम्रो काम हो । सबै सफल हुन्छ भन्ने पनि छैन । सुशनलाई १२, कुशललाई ६ वर्ष लागेको छ । आजको भोली नतिजा आउने होइन,’ उनले भने, ‘ अहिले ओडीआई खेल्ने खेलाडी उत्पादन गरेका छौँ । अब टेस्ट खेल्ने लक्ष्य राखेका कारण त्यसै स्तरको खेलाडी हामीसँग हुनुपर्छ । त्यसका लागि सदाझैं म लागिरहनेछु ।’

कुशलले यसअघि आश्विनमा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएपछि उनको बारेमा लेखिएको लेख ‘कुशल’ करामत पढ्दै उनीबारे विस्तृत रुपमा जान्नुहोस्

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.