default_image

4 years ago

January 9, 2022

भीमले प्रधानमन्त्री कप गुमाउने

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका मध्यक्रमका ब्याटर भीम सार्कीले सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता गुमाउने भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको क्रममा बायाँ हातको बुढी औंलामा चोट लागेको कारण गुमाउनु परेको भीमले जनाएका छन् ।

भीमका अनुसार उनी झण्डै तीन हप्ता मैदान रहने छन् । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिग(इपिएल) को उपाधि चितवन टाइगर्सलाई जिताउन भीमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका साथ प्रतियोगिताकै उत्कृष्ट ब्याटर चुनिएका थिए । त्यहिँ उत्कृष्ट प्रदर्शनका साथ अर्को महिना ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले सुरुवाती बन्द प्रशिक्षणमा भीमलाई बोलाएको थियो । भीम नेपाली घरेलु क्रिकेटकै एक उत्कृष्ट फिल्डरमा पर्दछन् ।

प्रमुख अलराउन्डर भीम नहुँदा उपाधिको दाबेदार मानिने आर्मीलाई ठूलो धक्का लागेको छ । आर्मी केहि खेलाडी नहुँदा केहि समस्यामा छ । तीव्र गतिका बलर करण केसीले आर्मी छाडेर नेपाल पुलिसबाट प्रधानमन्त्री कप खेल्दैछन् । विकेटकिपर राजु रिजालले पनि आर्मी छाड्दै सुदूरपश्चिमको टोलीमा गएका छन् । आर्मीले आफ्नो टोली सार्वजनिक गरेको छैन ।

भीम इपिएलमा प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी थिए । उनले ७ खेलमा ६ इनिङमा ब्याटिङ गर्दै कुल १ सय ९६ रन बनाएका थिए । फाइनलमा भीम सार्कीले ६३ रन बनाएका थिए । पोखराविरुद्ध लिगमा भीम ५४ रनमा अविजित रहे । विराटनगरविरुद्ध ३० र ललितपुरविरुद्ध महत्वपूर्ण २७ रन जोडेका थिए ।

प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु र मुलपानी मैदानमा हुने छ । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उद्धघाटन खेलमा आर्मी र कर्णालीबीच टियु मैदानमा हुनेछ । त्यसदिन टियुमै दोस्रो खेल एपिएफ र प्रदेश २ बीच हुनेछ ।

त्यसदिन उता मुलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् । दोस्रो खेलमा बागमती र लुम्बिनी भिड्नेछन् । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । दुबै सेमिफाइनल माघ ४ र फाइनल माग ५ मा हुनेछ ।

यो पनि पढ्नुहोस् : नयाँ भूमिकामा जम्दै फेरिएका भीम

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.