4 years ago
January 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई ७ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

समूह ए बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उप विजेता रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल एपिएफ क्लब विजेता र बागमती प्रदेश उपविजेता रुपमा सेमिफाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । दुबै सेमिफाइनल माघ ४ गते हुनेछन् । फाइनल माघ ५ गते हुनेछ ।
समूह ए बाट नेपाल पुलिस क्लब ३ खेलमा ३ मा नै जितका साथ शीर्ष स्थानमा रह्यो । पुलिसले आफ्नो अन्तिम खेल प्रदेश १ सँग सोमबार खेल्नेछ । प्रदेश १ र पुलिसबीचको खेल शनिबार हुने तालिका थियो । तर प्रदेश १ का खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । पुलिसले पहिलो खेलले सुदूरलाई दुई रन, आर्मीलाई ४ विकेट र कर्णाली प्रदेशलाई ८९ रनले हराएको थियो ।

त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराएको थियो । पुलिससँग ४ विकेटले हारेको थियो । प्रदेश १ सँग मुलपानीमा भिजेको आउटफिल्डको कारण १–१ अंक बाँडेको थियो । सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराएको थियो ।
समूह बी मा एपिएफ ४ खेलमा अपराजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । एपिएफले पहिलो खेलमा प्रदेश २ लाई २४ रन, बागमती प्रदेशलाई ७ विकेट, गण्डकीलाई २ रन र लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएको थियो । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

बागमतीले पहिलो खेलमा लुम्बिनीलाई ४९ रनले हराउँदै एपिएफसँग ७ विकेटले हारेको थियो । प्रदेश २ लाई ५ विकेट र गण्डकी प्रदेशलाई ४० रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । फाइनल माघ ५ मा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]