default_image

4 years ago

January 16, 2022

देवको आक्रामक ब्याटिङमा लुम्बिनीको सहज जित

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर देव खनालको उत्कृष्ट ब्याटिङको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५ विकेटलाई हराउँदै सुखद अन्त्य गरेको छ ।

१ सय ५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर देव खनालले २६ बलमा १० चौका र १ छक्कासहित ५६ रनको उत्कृष्ट इनिङ खेले । आक्रामक ब्याटिङ गर्नेक्रममा देवले २१ बलमै अर्धशतक पूरा गरेका थिए । छैटौं ओभरको पहिलो बलमै चौकासाथ अर्धशतक पूरा गरेका देव स्टम्पिङ आउट हुन पुगे ।

देवको जारी प्रतियोगितामा दोस्रो अर्धशतक हो । पहिलो ओभरको दोस्रो बलमै तीव्र गतिका बलर अशोक श्रेष्ठले ओपनर सौरभ खनाललाई चार रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि देव र सुशान्त थापाले ७२ रनको साझेदारी गर्दै जित सहज बनाए । सुशान्त थापा ३७ बलमा ३ चौका सहित २६ रनमा आउट भए । गण्डकीका स्पिनर सुवास भण्डारीले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । अशोक श्रेष्ठ र विशाल पौडेलले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकी १९.१ ओभरमा १ सय ४ रनमा अल आउट भयो । गण्डकीका मध्यक्रमका ब्याटर अनिङ गुरुङले ३९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । गोविन्द विक १२, विधान श्रेष्ठ १४ र विशाल पौडेलले १६ रन बनाए ।

लुम्बिनीका स्पिनर अनिल खरेलले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । कप्तान कृष्ण कार्की र दीपेन्द्र रावतले २–२ विकेट लिए । दुर्गेश गुप्ता र तुलबहादुर थापाले १–१ विकेट लिए ।

समूह बी मा एपिएफ ४ मा अपराजित रहँदै ८ अंकका साथ शीर्षस्थानमा रह्यो । बागमती ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । लुम्बिनी ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर अन्त्य गर्यो । प्रदेश २ ले ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहँदै बाहिरियो । गण्डकी ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरियो ।

समूह ए मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ समूह विजेता बन्यो । पुलिसले अन्तिम खेल सोमबार प्रदेश १ सँग खेल्नेछ । त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गर्यो । सुदूरपश्चिम ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा रहेर बाहिरियो ।

कर्णाली प्रदेश ४ खेलमा १ मा जित र ३ मा हारसहित चौथो स्थानमा रहेर बाहिरियो । प्रदेश १ ले ३ खेलमा जित विहीन हुँदै पुछारमा छ । पहिलो सेमिफाइनलमा पुलिस र बागमती तथा दोस्रो सेमिफाइनलमा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुनेछ ।

यो पनि : प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.