4 years ago
January 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी आइसिसी विश्वकप टि२० ग्लोबल छनोट ए मा नेपालको अन्तिम टोलीमा परेका छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार युवा अलराउन्डर विवेक यादव र आक्रामक ब्याटर लोकेश बमलाई पहिलो पटक समेट्दै टि२० विश्वकप छनोट खेल्ने अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । सोमपाल टोलीमा छैनन् ।
राष्ट्रिय क्रिकेट टोलीका छनोट समितिका सदस्य वासुदेव जोशीले नेपालका प्रमुख अलराउन्डर सोमपाल टोलीमा नपर्नुको कारण चोट भएको बताए । ‘सोमपाल घाइते छन् । यति धेरै अन्तर्राष्ट्रिय खेलहरु खेलेको खेलाडी हो । घरेलु प्रतियोगिता कुनै अनलक्की हुनसक्छ । सोमपाल प्रदर्शन नभएर होइन चोटको कारण टोलीमा नपरेका हुन्’, जोशीले भने ।
जोशीले विकेटकिपर विनोद भण्डारी भने प्रदर्शन राम्रो नहुँदा नपरेको बताए । विनोदले प्रधानमन्त्री कपको ४ खेलमा ७७ रन जोडे । उनले लिगमा कर्णाली विरुद्ध २९, पुलिस विरुद्ध ४४ र सुदूरपश्चिमविरुद्ध ३ रन जोडे । सेमिफाइनलमा एपिएफ विरुद्ध भने विनोद १ रनमा आउट भएका थिए ।

सोमपाललाई भने पछिल्लो समय ब्याक इन्जुरीले सताउँदै आएको छ । त्यसैको कारण सोमपाल २०१९ मा एक वर्ष टोली बाहिर बस्नु परेको थियो । सोमपालले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । सोमपालले प्रधानमन्त्री कपमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबसँग गरि दुई खेल मात्र खेलेका थिए ।
उनले कर्णालीसँग १ विकेट लिएका थिए । सोमपालले ब्याटिङमा भने अोपनरको भूमिका निर्वाह गरेका थिए । कर्णालीविरुद्ध ९ रन तथा पुलिस विरुद्ध ४२ रन बनाए ।
नेपाललाई टि२० विश्वकप देखि आडिआई मान्यता दिलाउन सम्म सोमपालको योगदान महत्त्वपूर्ण छ । तर पछिल्लो समय चोटका कारण उनको प्रदर्शन अपेक्षा अनुसार भने छैन ।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ए मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन् ।
आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन् । समूह चरणको खेलपछि हरेक समूह शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालले १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । १९ फेब्रुअरीमा पिलिपिन्स र २१ फेब्रुअरीमा क्यानडासँग खेल्ने तालिका । तर पनि आइसिसी र क्यानले औपचारिक रुपमा खेल तालिका भने घोषणा गरेका छैनन् । सेमिफाइनल २२ फेब्रुअरी र २४ फेब्रुअरीमा फाइनल खेल्नेछ ।
नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]