default_image

4 years ago

February 12, 2022

नेपाली क्रिकेट टोलीमा लोकेशको डेब्यू

239 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – युवा विष्फोटक ब्याटर लोकेश बमले चार देश सम्मिलित टि२० आई सिरिजमा युनाइटेड अरव इमिरेट्स( युएई) विरुद्ध नेपाली क्रिकेट टोलीको लागि डेब्यू गरेका छन् । अलअमरेतमा केहि समयपछि टस हुँदैछ । टस अघि नेपालले लोकेशलाई डेब्यू दिएको हो ।

लोकेशलाई अनुभवी ब्याटर शरद भेषावकरले डेब्यू क्याप दिएका थिए । लोकेश प्रधानमन्त्री कप टि२० प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्दै विश्वफोटक ब्याटिङका साथ सिनियर टोलीमा पहिलो पटक परेका थिए । लोकेशले सेमिफाइनलमा आफ्नो पूर्व टोली त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाली टि२० इतिहासकै सर्वाधिक छिटो १४ बलमै अर्धशतक प्रहार गरेका थिए ।

आर्मीविरुद्ध लोकेशले १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनको आक्रामक अविजित इनिङ खेल्दै सिनियर टोलीको ढोका खोलेका थिए ।लोकेशले बागमती प्रदेशविरुद्ध २१ बलमै अर्धशतक प्रहार गर्नेक्रममा रामनरेश गिरीविरुद्ध एकै ओभरमा पाँच चौका र एक छक्कासहित २६ रन जोडेका थिए । फाइनलमा पुलिसविरुद्ध लोकेशले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडेका थिए ।

२०१९ को पिपिएलमा विराटनगर टाइनटन्सबाट चितवन राइनोजविरुद्ध ३६ बलमा ५ चौका र ५ छक्काको ६२ रनको इनिङ खेल्दै नेपाली क्रिकेटमा उदाएका ब्याटर हुन् । लोकेश ओपनिङ, मध्यक्रम र तल्लोक्रम जुन सुकै स्थानमा पनि खेल्न सक्छन् ।

नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । युएई पहिलो खेलमा नेपाललाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानमाथिको जितले नेपालको मनोबल उच्च छ । तर यसै साता आइसिसी विश्वकप लिग–२ मा ओमानमाथि दुई सानदार जित हात पारेको युएई त्यतिनै उत्कृष्ट मनोबलका साथ नेपालविरुद्ध मैदान उत्रनेछ । 

नेपाललाई पहिलो खेलमा जिताउन दीपेन्द्रसिंह ऐरीले ७३ रनको अविजित इनिङ खेलेका थिए । दीपेन्द्रको प्रदर्शन युएईविरुद्ध पनि महत्वपूर्ण हुनेछ ।  ओपनर कुशल भुर्तेल आजको खेलमा पनि खेल्ने छैनन् । उनको कम्मर र तिध्राबीचको भाग ९काखी० मा चोटका कारण युएईसँगको खेल पनि गुमाउने नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायिकले जनाएका छन् ।

यो पनि :

लोकेशको क्रिकेट यात्रा र वाल्यकाल : आक्रामक लोकेशको दमदार इन्ट्री

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.