default_image

4 years ago

February 13, 2022

आइपिएल मेगा अक्सनमा सन्दीपको झिनो आशा कायमै

285 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन पहिलो दिन शनिबार नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले रुचि नदेखाएपछि अनसोल्ड भएका छन् । दुई दिन चल्ने अक्सन आज दिउँसो १२ बजेदेखि बेंगलोरमा अक्सन सुरु हुनेछ । आज बाँकी ५ सय खेलाडीमा अक्सनमा मूल्य लाग्नेछ ।

पहिलो दिन अन्तिम खेलाडीका रुपमा सन्दीपको नाम आएको थियो । तर न्यूनतम मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ तिर्न कुनैपनि टोली रुचि देखाएनन् । आइतबार सन्दीप अक्सनमा बिक्न सक्ने झिनो आशा भने कायमै रहनेछ । आइतबार सबै सेटको अक्सनपछि कुनैपनि टोलीले अनसोल्ड भएका खेलाडी किन्न सक्छन् ।

आइतबार आफूले चाहेको खेलाडी नपाएमा फ्रेन्चाइज टोलीले अनसोल्ड खेलाडी किन्न सक्नेछन् । त्यो अवस्थामा उक्त खेलाडीले न्यूनम मूल्य पाउनेछ । अव सन्दीपको आशा पनि त्यहिँ झिनो बाँकी छ । अर्थात पहिलो दिन असनोल्ड हुँदैमा उक्त खेलाडीको पूरै सम्भावना सकिने होईन । दोस्रो राउन्डमा पनि बिक्न सक्ने सम्भावना रहन्छ ।

कुनै फ्रेन्चाइज टोलीले कम मूल्यमा लेग स्पिनर चाहिँएमा सन्दीपलाई अन्तिम समयमा विकल्प हुनसक्छन् । २०१९ मा क्रिस गेललाई सुरुमा कुनैपनि टोलीले किनेका थिएनन् । अन्तिममा पन्जाब किंग्सले न्यूनतम मूल्य २ करोडमा राखेको थियो । अन्तिममा खेलाडी बिक्न सक्ने झिनो आशा सन्दीपको पनि रहन्छ ।

दोस्रो दिन अक्सनमा दक्षिण अफ्रिका तरबेज शाम्सी, ईस सोधी, महेश थेक्सना, विक्की ओस्टल, मिचेल सान्टनर, अकिल हुसैन, तनविर संघा, राधाकृष्णन लगायत थुप्रै नाम चलेका र नचलेका स्पिनरमाथि अक्सन हुनेछ । पहिलो दिन ९७ खेलाडीमा मूल्य लागेको थियो । दोस्रो दिन ५ सय ३ खेलाडीमाथि मूल्य लाग्नेछ । अन्तिम समयमा अक्सनमा दुई अष्ट्रेलिया र ८ भारतीय खेलाडी थपिएका थिए । जसमा अष्ट्रेलिया स्पिन अलराउन्डर निवेथान राधाकृष्णनको नाम थपिएको थियो । उनको बल टर्न र ब्याटिङलाई लिएर प्रशंसा भएको हुँदा उनी किन्न सक्नेछन् ।

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेपछि अक्सनमा गएका सन्दीपलाई कुनैपनि टोलीले किनेका थिएनन् ।

२०१८ मा दिल्लीले लिगबाट बाहिरिएपछि अन्तिम तीन खेलमा मौका दिँदा सन्दीपले ५ विकेट लिएका थिए । २०१९ मा ६ खेलमा सन्दीपले ९ विकेट लिएका थिए । २०२० मा भने पुरै बेन्चमा बसेर फर्किएका थिए । मेगा अक्सनमा सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य राखेका थिए । २०२१ को अक्सनमा भने सन्दीप विकेका थिएनन् ।

सुरश रैना, स्टिभ स्मिथ, आदिल राशिद, सकिब अल हसन, मुजिब उर रहमान, उमेश यादव, मोहम्मद नाबी, डेविड मिलर, इमरान ताहिर एडम जाम्पा र अमित मिश्रा जस्ता खेलाडी विकेका छैनन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.