default_image

2 years ago

February 18, 2022

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

110 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपालले पहिलो खेलमा आज घरेलु टोली ओमाानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११:४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छन् ।

विश्वकप छनोट अघि ओमन र नेपाल दुवैले चार देश सम्मिलित टि२० आई सिरिज खेलेका थिए । त्यसैले दुबै टोलीले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न खोज्नेछन् । नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई पठाउने छ । पछिल्लो समयका सर्वाधिक सफल ओपनर हुन् ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले यी दुई जोडीलाई प्रतियोगिताकै उत्कृष्ट ओपनर भनेका छन् । आसिफको भूमिका संयमितका साथ टोलीको इनिङलाई अन्तिम सम्म लिएर जाने हुनेछ । कुशल आक्रामक सुरुवात दिनुपर्ने हुन्छ । ओपनरको प्रर्दशन अनुसार नेपालले तेस्रो नम्बर निर्धारण गर्नसक्छ ।

तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल छन् । तर राम्रो सुरुवात पाएको अवस्थामा नेपालले लोकेश बमलाई विष्फोटक ब्याटिङको भूमिका दिनसक्छ । ज्ञानेन्द्रले तेस्रो नम्बरमा खेल्दा लोकेश तल्लोक्रममा खेल्नेछन् । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । ऐरीले ओमानलाई हराउन ५३ बलमा ७३ रनको अविजित इनिङ खेलेका थिए । दीपेन्द्रले ओमानमा राम्रो लय र प्रदर्शन गरेका छन् । दीपेन्द्रको प्रदर्शनले नेपालको मध्यक्रमको आधार खडा गर्नेछ । उनीबाट ब्याटिङमात्र नभई पार्ट टाईममा पनि नेपालले ठूलो आशा राख्नेछ । उनले आयरल्यन्डविरुद्ध ४ विकेट लिएका थिए ।

नेपालले शरद भेषावकर, आरिफ शेख र विवेक यादव मध्य दुई जनालाई मौका दिने देखिन्छ । टोलीको आवश्यकता अनुसार मध्यक्रममा परिवर्तन हुनेछ । विवेक विष्फोटक ब्याटिङ अलराउन्डर हुन् । शरद फिनिसर रहने बताइएको छ । तर सिरिजमा शरदको प्रदर्शन भने राम्रो थिएन । मुख्य प्रशिक्षक पुबुदुले अनुभवी खेलाडी चाहिने बताउँदै आएका छन् । विवेकले सिरिजमा ओमान र युएईसँग खेलेपनि ब्याटिङको अवसर पाएका थिएनन् । त्यसैले शरद र आरिफ नै मैदान उतार्ने सम्भावना छ । तल्लोक्रममा आरिफ शेख र लोकेश हुनेछन् । आरिफ मध्यगतिका पार्ट टाइम बलरका विकल्प हुन् । त्यसैले उनलाई निरन्तरता दिनेछ ।

मस्कटस्थित अल अमरेत १ नम्बर मैदान तीव्र गतिका बलरलाई सहयोग गर्ने भएकाले नेपालले तीव्र गतिका बलरमा कमलसिंह ऐरी, अभिनाश बोहरा र जितेन्द्र मुखियालाई निरन्तरता दिनेछ । अभिनाशले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । योर्करका लागि चर्चित अभिनाशले सिरिजमा ओमानसँग ३ विकेट लिएका थिए । डेथ ओभरमा उत्कृष्ट प्रदर्शन अभिनाशको काँघमा जिम्मेवारी भार हुनेछ । कमल र जितेन्द्रबाट पावर प्लेमा उत्कृष्ट सुरुवात चाहन्छ ।

आजको खेल हुने पिचमा नेपालले स्पिनरको रुपमा कप्तान सन्दीप लामिछानेलाई मात्र खेलाउने सम्भावना छ । दुई स्पिनर खेलाउँदा विवेक वा आरिफमध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ । आरिफलाई बेन्चमा राख्दा ब्याटिङ युनिट भने कमजोर हुने देखिन्छ । बायाँ हाते स्पिनर सागर ढकालले ओमानसँग डेब्यू गर्दै ३ ओभरमा ३६ रन खर्चेका थिए । सागर ब्याटिङका लागि चिनिदैनन् । त्यसैले सन्दीपलाई स्पिनरमा पार्टटाइमका दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । दीपेन्द्रले स्पिनमा राम्रो प्रदर्शन समेत गर्दै आएका छन् । शरद अर्का विकल्प हुन् ।

समग्रमा नेपालले ६ प्रमुख ब्याटर, आरिफलाई अलराउन्डर र चार प्रमुख बलर खेलाउने सम्भावना छ । प्रमुख स्पिनरमा एकमात्र सन्दीप हुनेछन् । मध्यक्रमका ब्याटरमाथि प्रदर्शनका लागि दबाब रहँदा तीव्र गतिका बलरले टि२० सिरिजको प्रदर्शनलाई निरन्तरता दिनु पर्नेछ ।

नेपालको सम्भावित प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, लोकेश बम, आरिफ शेख, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

नेपाल र ओमानबीचको सम्पूर्ण जानकारी : टि२० विश्वकप छनोट : घरेलु टोली ओमानसँग खेल्दै नेपाल

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

May 14, 2024

पटना र कटिहार मिल्स कपको क्वाटरफाइलनमा

विराटनगर (हाम्रो खेलकुद) – भारतको पटनाको हाइ पफमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको मैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले नेपाल पुलिस क्बलाई १२ रनले हरायो । अर्को खेलमा कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गदैृ अन्ति आठको यात्रा तय […]

May 14, 2024

पहिलो अभ्यास खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालको विश्वकप टोलीमा रहेका १५ मध्य कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोरा आज प्लेइङ […]

Success

Thank you for your time.