default_image

2 years ago

February 18, 2022

टि२० विश्वकप छनोट : घरेलु टोली ओमानसँग खेल्दै नेपाल

143 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज पहिलो खेलमा घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ : ४५ मा ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल र ओमान दुबै टोली जितका साथ सानदार सुरुवात गर्न चाहन्छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

चार देशबीच टि२० आई सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । उक्त खेलमा १ सय ३६ रनको विजयी लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १९.३ ओभरमा पूरा गरेको थियो । उक्त प्रदर्शनले नेपालको मनोबल झनै उत्कृष्ट छ । यस खेलले सेमिफाइनल निर्धारण गर्न सक्छ । त्यसैले दुबै टोली जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छन् । ओमानका कप्तान जिशान मकसुद घरेलु मैदान र वातावरणको भरपूर्ण फाइदा उठाउँदै यसअघिको हारको बदला लिन चाहन्छन् ।

नेपाली कप्तन सन्दीप लामिछानेले युवा जोश र जागँरका साथ उत्कृष्ट क्रिकेटका साथ सुरुवात गर्ने सोचमा छन् । दुबै खेलाडी टोलीका प्रमुख हतियार हुन् । सन्दीप, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । ओमानका जतिन्दरसिंह, मकसुद, बिलाल खान र आमिर कलिम प्रमुख हतियार हुन् । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । टोलीका दुई युवा ओपनरको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालले गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध टि२० आई सिरिज पछि पहिलो पटक उक्त शैलीमा खेल्दैछ ।

गत असोजमा ओमानमानै आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग ओडिआई त्रिकोणात्मक सिरिज खेलेको अनुभव छ ।
टि२० आई त्रिकोणात्मक सिरिजमा दुई लगातार शतकीय साझेदारीका साथ विश्व कीर्तिमान राखेका यी दुई ओपनरबाट नेपालले ठूलो आशा र अपेक्षा राखेको छ । कुशल भुर्तेल फिट नहुँदा सुरुवाती दुई खेलमा बेन्चमा थिए । आयरल्यान्डसँग राम्रो सुरुवात दिँदै आउट भएका थिए । आसिफले तीनै खेलमा सुरुवात राम्रो गरेपनि त्यसलाई ठूलो योगफलमा बदल्न संघर्ष गरेका छन् ।

तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्लको सम्भावना छ । ज्ञानेन्द्रले सिरिजमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन् । अनुभवी खेलाडी ज्ञानेन्द्रबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । चौथो नम्बरमा दीपेन्द्र हुनेछन् । दीपेन्द्रको प्रदर्शनले मध्यक्रम निर्भर रहनेछ । ओमानलाई हराउन दीपेन्द्रले ५३ बलमा ७३ रनको अविजित इनिङ खेलेका थिए ।

अन्तिम ओभरमा ९ रन चाहिँएको अवस्थामा तेस्रो बलमा चौकाका साथ खेल सकाएका थिए । उक्त प्रदर्शनले उनको मनोबल र लय दुबै उच्च छ । युएईसँग ४१ रन बनाउँदा आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । दीपेन्द्र पार्टटाइमका प्रमुख स्पिनर हुन् ।

नेपालले तल्लोक्रममा शरद भेषावकर, आरिफ शेख, लोकेश बम र विवेक यादव मध्य तीन खेलाडीलाई खेलाउने छ । विवेक बेन्चमा बस्न सक्छन् । लोकेश र शरदको भूमिका फिनिसरको हुनेछ । शरदले सिरिजमा भने खराब प्रदर्शन गरेका थिए । आलोचना खेपेका शरदलाई उत्कृष्ट प्रदर्शनको दबाब छ । लोकेशबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ ।

तीव्र गतिका बलरमा नेपालले अभिनाश बोहरा, जितेन्द्र मुखिया र कमलसिंह ऐरी रहनेछन् । सिरिजमा यी तीनै खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । अभिनाशबाट डेथ ओभर, कमल र जितेन्द्रबाट पावर प्लेमा उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेको छ । स्पिनरमा कप्तान सन्दीप लामिछाने हुनेछन् । नेपाल एक मात्र प्रमुख स्पिनरका साथ मैदान उत्रने सम्भावना छ । अर्का स्पिनर सागर ढकाल भएपनि उनले डेब्यू खेलमा ओमानसँग ३ ओभरमा ३६ रन खर्चेका थिए । पार्टटाइममा शरद र दीपेन्द्रबाट स्पिनकोटा पूरा गर्नेछ ।

ओमानका ओपनर अकिब इलियास बोन ट्युमरको कारण टोलीमा छैनन् । त्यसैले जतिन्दर सिंह र कश्याप प्रजापतिले इनिङ सुरुवात गर्ने सम्भावना छ । दुबै राम्रो लयमा छन् । गत असोजमा ओडिआईमा नेपालविरुद्ध सानदार शतक प्रहार गरेका थिए । यसै साता युएईविरुद्ध पनि उत्कृष्ट शतक प्रहार गरेका थिए । जतिन्दरको विकेट चाँडै लिन सके नेपाल खेलमा हाबी हुनसक्छ ।

उनीमाथि ओमान धेरै निर्भर छ । यता भारतीय मुलका युवा खेलाडी कश्पाप प्रजापति क्लासका लागि चिनिन्छन् । युएईलाई सिरिजमा हराउन उनले अर्धशतकीय इनिङ खेलेका थिए । यी दुबै ओपनरलाई चाँडै पेभेलिएनको बाटो देखाउनुपर्छ । अयान खान, शोएब खान र मकसुदको प्रदर्शनले ओमानको योगफल निर्धारण गर्नेछ । ओमानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ प्रमुख कमजोरी हो ।

नेपालले त्यसको भरपूर्ण फाइदा उठाउनुपर्छ । बलिङमा ओमानले बिलाल खान, कलिमुल्लाह र मोहम्मद नदीमलाई खेलाउने सम्भावना छ । स्पिनरमा मकसुदसँगै आमिर कलिम रहनेछन् । अनुभवी आमिर नेपाललाई घातक बन्नसक्छन् । उनले २०१९ मा नेपालविरुद्ध ५ विकेट लिएका थिए । यस सिरिजमा युएईसँग कठिन अवस्थामा ५ विकेट लिँदै टोलीको जित सहज बनाएका थिए ।

हेड टु हेड :

नेपाल र ओमानबीच हालसम्म दुई मात्र टि२० आई खेल भएको छ । २०१९ मा भएको पेन्टागुलर सिरिजमा घरेलु मैदानमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो । नेपाल ६४ रनमा अल आउट हुँदा ओमानले ४ विकेटको क्षतिमा पूरा गरेको थियो । यस सिरिजमा नेपाल विजयी भएको थियो ।

मौसम :

वर्षाको कुनैपनि सम्भावना छैन । खेल हुने मस्कटमा आजको तापकम १९ देखि २५ डिग्री सेल्सियस रहनेछ ।

प्रत्यक्ष प्रसारण :
नेपालमा खेलको प्रदर्शन हिमायल टिभीबाट हेर्न सकिनेछ । फ्यान कोड र आइसिसी टिभीबाट पनि हेर्न सकिने छ ।


मैदानको अवस्था :

अलअमरेतमा पछिल्ला १० टि२० आई खेलमा पहिला ब्याटिङ गर्ने ६ मा जित हात पारेका छन् । अल अमरेतको हालसम्मको सर्वाधिक उच्च योगफल कुवेतले बहराइनविरुद्ध २ सय १० रन बनाएको छ । यस मैदानमा पेन्टागुर सिरिज अन्तर्गत २०१९ मा नेपालले चार र यस पटक तीन गरि कुल ७ खेल खेलेको छ । जसमा तीनमा जित र ४ खेलमा पराजित भएको छ ।

खेल अघि दुबै टोलीको कप्तानको भनाई :


‘नेपाल राम्रो टोली हो । राम्रा खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, सन्दीप सबै राम्रा छन् । मलाई लाग्छ खेलमा राम्रो प्रतिस्पर्धात्मक खेल हुनेछ, जिशान मकसुद’, ओमान क्रिकेट टोलीका कप्तान ।

‘तयारी राम्रो गरेका छौं । विपक्षी टोलीको बारे योजना पनि गरेका छौं । पछिल्लो पटक खेल्दा वहाँहरुको पूर्ण टोली खेलेको थियो । हाम्रो पूर्ण टोली खेलेको पनि थिएन । पूर्ण टोली नखेल्दा पनि हराएका थियौं । त्यो ठूलो सकरात्मक कुरा हो । पक्कैपनि राम्रो गर्न हामीले शत प्रतिशत दिने छौं,’ सन्दीप लामिछाने नेपालका कप्तान ।


नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम ।

ओमानको टोली :

जिशान मकसुद (कप्तान), जतिन्दर सिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, अयान खान, नेस्टर धम्बा, सन्दीप गौड, नसिम खुशी (विकेटकिपर), खवर अली, अमिर कलिम, फयाज बट, कलिमुल्लाह, विलाल खान र खुर्मान नवाज

टि२० विश्वकप छनोट नेपालको खेल तालिका

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १, मध्हान्न ११ : ४५

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २, मध्हान्न ११ : ४५

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १, दिउँसो ३:४५

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १


यो पनि :

नेपालले फाइदा उठाउनु पर्ने ओमानका चार कमजोरी

अनुभवी ज्ञानेन्द्र र शरदमाथि प्रशिक्षक पुबुदुको विश्वास

नेपाललाई टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर

विश्वकप छनोटअघि नेपाली टोलीका पाँच सकरात्मक पक्ष

नेपाललाई निराश बनाउन सक्ने ओमानका ५ हतियार

प्लेइङ ११ छनोटमा सन्दीप स्पष्ट

कुशललाई बाहिर राख्दै शरद र ज्ञानेन्द्रमाथि जोखिम

मध्यक्रम नचल्दा विश्वकप छनोटको चिन्ता

आसिफले देखाएको खेल भावनाको चौतर्फी प्रशंसा

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

May 14, 2024

पटना र कटिहार मिल्स कपको क्वाटरफाइलनमा

विराटनगर (हाम्रो खेलकुद) – भारतको पटनाको हाइ पफमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको मैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले नेपाल पुलिस क्बलाई १२ रनले हरायो । अर्को खेलमा कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गदैृ अन्ति आठको यात्रा तय […]

May 14, 2024

पहिलो अभ्यास खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालको विश्वकप टोलीमा रहेका १५ मध्य कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोरा आज प्लेइङ […]

Success

Thank you for your time.