default_image

2 years ago

February 18, 2022

आरिफ बने ‘प्लेयर अफ द म्याच’

363 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेख आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई साानदार जित दिलाउन ब्याटिङमा आरिफले नेपालबाट सर्वाधिक रनको योगदान दिएका थिए ।

नेपाली ब्याटरले ओमानी बलरको क्रिजमा टिकेर सामना गर्न सकि रहेका थिएनन् । ब्याटिङका लागि कठिन मानिएपनि आरिफले अन्तिम सम्म लगेर गएका थिए । आरिफले ३७ बलमा २ चौकासहित ३८ रन बनाएका थिए । जुन रन नेपालको जितमा पर्याप्त आधार बन्यो । आरिफ ३३-३ को अवस्थामा सातौं ओभरको अन्तिम बल सामना गर्न क्रिजमा आएका थिए ।

नेपालले एकतर्फबाट लगातार विकेट गुमाउँदा अर्कोतर्फबाट आरिफले आशा देखाएका थिए । आरिफ इनिङको अन्तिम बलमा रन आउट हुन पुगेका थिए । १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो । ओमानका विकेटकिपर नसिम शुखीले सर्वाधिक २४ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र जितेन्द्र मुखियाले १-१ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड-१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । ज्ञानेन्द्र मल्ल १५ र लोकेश बम १६ रनमा आउट भए । सन्दीप ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहेका थिए ।

ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए । नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

यो पनि : ओमानमाथि नेपालको सानदार जित

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

May 14, 2024

पटना र कटिहार मिल्स कपको क्वाटरफाइलनमा

विराटनगर (हाम्रो खेलकुद) – भारतको पटनाको हाइ पफमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको मैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले नेपाल पुलिस क्बलाई १२ रनले हरायो । अर्को खेलमा कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गदैृ अन्ति आठको यात्रा तय […]

May 14, 2024

पहिलो अभ्यास खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालको विश्वकप टोलीमा रहेका १५ मध्य कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोरा आज प्लेइङ […]

Success

Thank you for your time.