default_image

2 years ago

February 18, 2022

‘टिमले दिएको भूमिकामा काम गरे’ – आरिफ

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेखले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानखेलमा टिमले दिएको भूमिकामा काम गरेको बताएका छन् । शुक्रबार ओमानसँगको खेलमा नेपालका लागि सर्वाधिक रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएपछि आरिफले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘मैले चाहिँ आफ्नो भूमिकामै कडाई गरेको थिए । आजको विकेट पनि हल्का फरक थियो । हामीले आज पावर प्लेमा पनि चाँडै विकेट गुमायौं । मलाई जुन भूमिका दिएको त्यहिँमा कडाई गर्दै काम गरेको थियो’, आरिफले खेलपछि भने ।

नेपालले अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । आरिफले टोलीबाट सर्वाधिक रन बनाउनेक्रममा ३७ बलमा २ चौकासहित ३८ रन जोडेका थिए । आरिफनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

‘टिममा पहिलो इनिङ पछि लो स्कोरिङ खेल थियो । जतिसक्यो हामीले पावर प्लेमा जित्नुपर्ने थियो । मलाई जाग्छ दुई तीन वटा चाँडै विकेट लिनु पर्ने थियो । बलिङ युनिटमा हामीले राम्रो गयौं । पावर प्ले र मिडिल अडरमा पनि राम्रो गयौं’, आरिफले जितबारे भने ।

‘आजको विकेट यस्तो थियो कि उनीहरुको बलरले कुनै स्पिड दिएको थिएन । आजको विकेट १३० देखि १४० को बीचमा यदी बनाएपनि सजिलै जित्न सकिन्थ्यो, उनले भने, त्यसैमा थपे यस जितले एउटा राम्रो मोमेन्टम पायौं । अर्को खेलमा जित भयो भने हामी सेमिफाइनलमा लगभग पक्का हुन्छ’, उनले भने ।

सामान्य योगफल हुँदा फिल्डिङ गर्न जानुअघि के थियो सोच भन्ने प्रश्नको जवाफमा उनले भने, ‘ब्याटिङ गर्न जानुअघि सामान्य त्यस्तो कुरा भएको थिएन । हाम्रो जुन योजना छ त्यसलाई कडाई गर्ने थियो । पावर प्लेमा कडा गर्ने थियो ।’

नेपालले शनिबार (भोली) फिलिपिन्ससँग खेल्नेछ । सोमबार क्यानडासँग खेल्नेछ । फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ सय १८ रनले पराजित भएको थियो । समूह बी मा क्यानडा र नेपाल दुबै २-२ अंक छ । नेट रनरेटको आधाारमा क्यानडा शीर्ष स्थानमा छ । समूह ए मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन छन् । फाइनल पुग्ने दुई टोलीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

यो पनिः ‘जितको श्रेय बलरलाई जान्छ’– कप्तान सन्दीप

‘भाइसँग विश्वकप छनोट खेल्न पाउँदा खुसी छु’ – आरिफ

शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

May 15, 2024

दिल्लीको लखनऊ विरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्स विरुद्ध पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिशको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.