default_image

2 years ago

February 18, 2022

‘जितको श्रेय बलरलाई जान्छ’– कप्तान सन्दीप

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानसँग जितको श्रेय बलरलाई जाने बताएका छन् । सानदार बलिङ प्रदर्शनको सहयोगमा ओमानलाई ३९ रनले पराजित गरेपछि कप्तान सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘पहिलो इनिङपछि नढाटी भन्दा विकेट त्यस्तै राम्रो थिएन । १ सय १७ भन्दापनि १ सय ४० सम्म पुग्यौं भने मज्जाले जित्न सकिन्छ भन्ने थियो । मैले सबैजानाई भन्ने भनेको यदि हामीलाई गाह्रो छ भने वहाँहरुलाई पनि गाह्रो हुनसक्छ । वहाँहरु भन्दा हामीसँग उत्कृष्ट बलिङ छ । सकेसम्म रनरेट माथि गयो भयो पछि गएर यो विकेट रन बनाउन कठिन पर्छ । यसको सबै श्रेय बलरलाई जान्छ । कसैले पनि हिम्मत हारेन’, जितपछि सन्दीपले भने ।

अल अरमेत क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रन बनाए । लोकेश बम र सन्दीपले १६–१६ रन बनाएका थिए । सन्दीपले अन्तिम ओभरमा खवर अलीलाई एक चौका र एक छक्का प्रहार गरे ।

‘सुरु देखिनै निरन्तर विकेट आई राख्नु । आरिफ दाइको ३८ रनको ब्याटिङ । नढाटी भन्दा यो टिमको उत्कृष्ट काम हो । तर अझैं पनि धेरै कुरा सुधार गर्न बाँकी छ । गल्ती गर्ने ठाउँ छैन, किन भने एउटा गल्ती गर्दा सकिन्छ’, सन्दीपले भने ।

सन्दीपले ६ बलमा १६ रन जोडेका थिए । ‘त्यो मोमेन्टमा गएर केहि रन बन्न सक्यो भने टिमको लागि फाइदा हुन्छ । मैले जहिले पनि सकरात्मक क्रिकेट नै खेल्न खोज्छु चाँहे त्यो बलिङ होस् वा ब्याटिङ । ५–६ बलमा १०–१५ रन पनि निस्क्यो भने त्यसको फाइदा टोलीलाई हुन्छ’, ब्याटिङ बारे उनले भने ।

‘पावर प्लेमा हाम्रो योजना सामान्य थियो । बेसिक कुराहरुमा राख्ने । एक दुई विकेट निस्क्यो भने, रन च्यापि राख्यो भने र बल राम्रो एरियामा राख्यो भने रन रेट उच्च हुन्छ । लो स्कोरमा रनरेटलाई पनि ध्यान दिनुपर्छ । कमल र जितेन्द्र दाइले उत्कृष्ट सुरुवात गर्नु भयो । दीपेन्द्रले विकेट लिनु । एकदमै राम्रो कुरा हो’, उनले भने ।

१ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो । ओमानका विकेटकिपर नसिम खुशीले सर्वाधिक २४ रन बनाए । नेपालका कमलसिंह ऐरीले ३, सन्दीप र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।

‘अझैं पनि हामी धेरै खुशी छैनौं । हामीलाई लाग्छ यो भन्दा पनि हामीले धेरै राम्रो गर्न सक्थ्यौं । पक्कैपनि चाँहे एक रन होस् वा सय रन, जत जितनै हो । यो दुई अंकले धेरै सहयोग गर्नेछ । आउने खेलमा गल्तीहरुलाई सुधार गर्ने छौं’ , उनले भने ।

नेपालले शनिबार (भोली) फिलिपिन्ससँग खेल्नेछ । सोमबार क्यानडासँग खेल्नेछ । फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ सय १८ रनले पराजित भएको थियो । समूह बी मा क्यानडा र नेपाल दुबै २-२ अंक छ । नेट रनरेटको आधाारमा क्यानडा शीर्ष स्थानमा छ । समूह ए मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन छन् । फाइनल पुग्ने दुई टोलीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

यो पनि : ओमानमाथि नेपालको सानदार जित

आरिफ बने ‘प्लेयर अफ द म्याच’

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.