default_image

2 years ago

February 19, 2022

क्यानाडाले ओमानलाई हराए नेपाल सेमिफाइनल पुग्ने समिकरण

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा नेपालको जितसँगै घरेलु टोली ओमान क्यानडासँग पराजित भएमा नेपाल एक खेल अगावै सेमिफाइनल पुग्ने समिकरण बनेको छ । समूह बी मा रहेको ओमान पहिलो खेलमा नेपालसँग ३९ रनले पराजित भएको थियो । ओमान र क्यानडाबीचको खेल मध्याहन्न ११ :४५ मा ओमान […]

96 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा नेपालको जितसँगै घरेलु टोली ओमान क्यानडासँग पराजित भएमा नेपाल एक खेल अगावै सेमिफाइनल पुग्ने समिकरण बनेको छ । समूह बी मा रहेको ओमान पहिलो खेलमा नेपालसँग ३९ रनले पराजित भएको थियो ।

ओमान र क्यानडाबीचको खेल मध्याहन्न ११ :४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुनेछ । सोहि समयमा नेपालले ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा फिलिपिन्ससँग खेल्दैछ । पहिलो खेलमा फिलिपिन्सलाई क्यानडाले १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

कमजोर फिलिपिन्समाथि नेपालले सहजै जित निकाल्ने निश्चितजस्तै छ । नेपालले फिलिपिन्सलाई हराउँदा २ खेलमा ४ अंक हुन्छ । ओमान पराजित हुँदा नेपाललाई ४ अंकका साथनै सेमिफाइनलमा पुग्नेछ । क्यानडा विजयी हुँदा ४ अंकका साथ एक खेल अगावै नेपालसँगै सेमिफाइनलमा पुग्नेछ । ओमान पराजित हुँदा सोमबार हुने नेपाल र क्यानडाबीचको नतिजाले समूह बी को विजेता र उपविजेता निर्धारण गर्नेछ ।

तर ओमानले क्यानडालाई हराएको खण्डमा भने नेपालले सेमिफाइनल समिकरण बुझ्न अन्तिम खेलको नतिजा पर्खनुपर्ने हुन्छ । पहिलो खेलमा नेपालसँग पराजित भएको घरेलु टोली ओमान क्यानडासँग हारेमा स्वतः बाहिरिनेछ । फिलिपिन्स पनि दुवै हारका साथ बाहिरिनेछ । ओमान विजयी हुँदा नेपालले क्यानडालाई अन्तिम खेलमा हराउनु पर्ने दबाब हुनेछ । क्यानडासँग पराजित भएमा पनि नेपाल र ओमान दुबैको ४–४ अंक हुने छ । यो अवस्थामा नेटरनरेटमा निर्भर रहनेछ ।

त्यसैले फिलिपिन्ससँगको खेल नेटरनेटमा नेपाललाई निर्णायक सावित हुनसक्छ । क्यानडामा भारतीय, वेस्टइन्डिज र अष्ट्रेयिन मुलका खेलाडी छन् । अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने युवा ब्याटर म्याथ्यू स्पोर्सले फिलिपिन्सविरुद्ध डेब्यूमै १ सय ८ रन बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । उनी डेब्यू खेलमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

ओमान आज पराजित हुँदा अन्तिम खेलमा फिलिपिन्सलाई जित्दा पनि ३ खेलमा २ अंकमात्र हुनेछ । तर नेपाल र क्यानडाको एक खेल अगावै ४–४ अंकका साथ सेमिफाइनल पुगि सकेका हुनेछन् । ओमान विजयी हुँदा क्यानडा र ओमान दुवै टोलीको २–२ अंक हुनेछ । क्यानडा अन्तिम खेलमा नेपालमाथि फराकिलो जित निकालेको खण्डमा उता ओमानले फिलिपिन्सलाई पनि त्यति नै विशाल अन्तरले हराएमा भने नेपालको अघिल्लो यात्रा त्यतिकै रोकिन पनि सक्छ ।

नेपाल अन्तिम खेलमा क्यानडासँग पराजित हुँदा ४ अंकमा रोकिनेछ । क्यानडाले नेपाल र ओमान दुवैलाई हराउँदा अपराजित रहँदै ६ अंकका साथ सेमिफाइनल खेल्नेछ । यो अवस्थामा ओमान र नेपाल मध्य एक टोली नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्नेछन् । नेपाल भन्दा ओमानलाई बढी फाइदा पुग्न सक्छ ।

अन्तिम खेल फिलिपिन्ससँग हुँदा ओमानले टिमको आवश्यकता अनुसार नेटरनरेटमा जित निकाल्न सक्छ । त्यसैले आजको खेलमा नेपालले अन्तिम खेलमा पराजित हुँद पनि नेटरनरेटमा असर नपर्ने गरि विशाल जित निकाल्नु पर्ने हुन्छ । समूह बी मा क्यानडा १ खेलमा २ अंकका साथ प्लस ५.९०० को नेटरनरेटका साथ शीर्ष स्थानमा छ । समान खेल र नजिताको साथ २ अंक भएको नेपालको नेटरनरेट १.९५० छ । तेस्रो स्थानमा रहेको ओमानको माइनस १.९५० र फिलिपिन्सको माइसन ५.९०० छ ।

नेपालले सेमिफाइनलमा आयरल्यान्ड वा युएई कोसँग खेल्ने क्यानडासँगको नतिजाले निर्धारण गर्नेछ । आयरल्यान्ड पहिलो खेलमा युएईसँग १८ रनले पराजित भएको थियो । युएई र आयरल्यान्ड दुवैले अव जमर्नी र बहराइनसँग खेल्नेछन् । बहराइन र जमर्नी धेरै कमजोर टोली हुन् । आयरल्यान्ड र युएईबीचको पहिलो नतिजाले नै समूह ए को विजेता र उपविजेता अनौपचारिक रुपमा निर्धारण गरेको देखिन्छ ।

युएई समूह ए को विजेता र आयरल्यान्ड उपविजेता रुपमा सेमिफाइनल खेल्नेछन् । नेपाल समूह विजेता बनेमा आयरल्यान्ड र उपविजेता बनेमा युएईसँग खेल्नेछ । अष्ट्रेलियामा हुने टि२० विश्वकप जित्न सेमिफाइनल जित्नुपर्ने हुन्छ । अर्थात फाइनल पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

यो पनि : नेपाललाई फिलिपिन्समाथि कीर्तिमानको वर्षात गराउने अवसर

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.