default_image

2 years ago

February 19, 2022

नेपाललाई फिलिपिन्समाथि कीर्तिमानको वर्षात गराउने अवसर

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा फिलिपिन्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल फिलिपिन्समाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्ने गर्न खोज्नेछ । नेपालको कप्तानी सन्दीप लामिछाने र फिलिपिन्सको जोनाथन हिलले […]

96 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा फिलिपिन्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल फिलिपिन्समाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्ने गर्न खोज्नेछ ।

नेपालको कप्तानी सन्दीप लामिछाने र फिलिपिन्सको जोनाथन हिलले गर्नेछन् । पहिलो खेलमा फिलिपिन्सलाई क्यानडाले १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा १ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनाएको थियो ।

फिलिपिन्स नेपाल भन्दा धेरै कमजोर टोली हो । त्यसैले नेपाललाई कीर्तिमानको वर्षात बनाउने अवसर हुनेछ । नेपालसँग आजको खेलमा फिलिपिन्सविरुद्ध थुप्रै राष्ट्रिय तथा विश्व कीर्तिमान बनाउने अवसर हुनेछ । नेपालले यस खेलमा नेटरनरेट बढाउन ध्यान दिनुपर्ने हुन्छ ।
आजनै हुने समूह बी को अर्को खेलमा ओमान क्यानडासँग पराजित भएमा नेपाल औपचारिक रुपमा एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । यदि ओमानले क्यानडलाई हराएको खण्डमा भने नेपालले पर्खनु पर्ने हुन्छ । समूह बी को तीनै टोली फिलिपिन्सलाई फराकिलो अन्तरले हराउँदै नेटरनरेट राम्रो बनाउन चाहन्छन् ।

पहिलो खेलमा नेपालसँग पराजित भएको ओमान आज क्यानडासँग पराजित भएमा एक खेल अगावै बाहिरिनेछ । तर ओमान विजयी भएमा नेपालले अन्तिम खेलमा क्यानडालाई हराउनु पर्नेहुन्छ । क्यानडासँग नेपाल पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । त्यसैले यस खेलमा नेपाललाई नेटरनरेट बलियो बनाउने राम्रो अवसर हुनेछ ।

नेपालले ओमानसँग ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन । आरिफ शेखले ३८, सन्दीप लामिछाने र लोकेश बलमे १६–१६ रन बनाए । ओपनर आसिफ शेख र कुशल भुर्तेललाई फिलिपिन्सविरुद्ध उत्कृष्ट ब्याटिङका साथ मनोबल उच्च बनाउन सक्छन् । ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम र विवेक यादव जस्ता खेलाडीलाई फिलिपिन्सविरुद्ध विष्फोटक ब्याटिङ गर्न राम्रो अवसर हुनेछ ।

ब्याटिङमा जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । बलिङमा कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहराले निरन्तरता पाउनेछन् । स्पिनरमा सन्दीप हुनेछन् । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् । आजको खेलमा नेपालको टोलीमा कुनै परिवर्तन सम्भावना देखिदैन ।

नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । चार दिनको तयारीको साथ विश्वकप छनोट खेल्न आएको फिलिपिन्स नेपालसँगको खेलमा जित भन्दा सिक्न बढी चाहनेछ । फिलिपिन्सका ड्यानियल स्मिथ, विमल कुमार र कपिल कुमार प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरले राम्रो प्रदर्शन गर्न सक्छन् ।

कप्तान हिल पनि राम्रो ब्याटिङ गर्न सक्छन् । अष्ट्रेलियन मुलका खेलाडीको बाहुल्यता भएको फिलिपिन्स नेपाललाई सक्दो प्रतिस्पर्धात्मक क्रिकेट खेल्न खोज्नेछ ।

समूह ए मा आयरल्यान्ड, युएई, बहरान र जमर्नी छन् । पहिलो दिन आयरल्यान्ड युएईसँग १८ रनले पराजित भयो । बहराइनले जमर्नीलाई ६ विकेटले हराएको थियो । समूह ए बाट युएई विजेता र आयरल्यान्ड उपविजेताको रुपमा सेमिफाइनल खेल्ने पक्काजस्तै छ । नेपाल समूह विजेता बनेको खण्डमा आयरल्यान्ड र उपविजेता बनेको खण्डमा युएईसँग सामना गर्नुपर्ने समिकरण बन्न सक्छ ।

नेपालविरुद्ध फिलिपिन्स तथा ओमानविरुद्ध क्यानडा ११:४५ देखि सुरु हुनेछ । जमर्नीविरुद्ध युएई तथा आयरल्यान्डविरुद्ध बहराइन दिउँसो ३:४५ मा सुरु हुनेछन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम ।

फिलिपिन्सको टिम :

जोनाथन हिल (कप्तान), ड्यानियल स्मिथ (उपकप्तान), जोर्डन एलेग्रा, मचन्द बिद्दप्पा, गुरभुपिन्दर चोहान, रिचर्ड गुडविन, हेर्न इसोरेना, कपिल कुमार, विमल कुमार, हुजाफा मोहम्मद, शिभा मोहन, मिगे पोडोस्के ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.