default_image

2 years ago

February 19, 2022

‘राष्ट्रिय टोलीबाट सधैं प्रदर्शन गर्नुपर्छ’ – कुशल

159 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर कुशलले आइसिसी विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध शतक प्रहार गरेपछि राष्ट्रिय टोलीबाट खेल्दा सधैं प्रदर्शन गर्नुपर्ने जिम्मेवारी रहने बताएका छन् । शनिबार नेपाललाई १ सय ३६ रनको फराकिलो जित दिलाउन कुशलले शतकका साथ प्लेयर अफ द म्याच चुनिए ।

मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए । कुशलले ५७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक बनाउन सफल भए । कुशलले आफू पनि यस्तै दिनको पखाइमा रहेको बताएका छन् ।

‘करिअरको पहिलो शतक बनाउँदा राम्रो लागिरहेको छ । पछिल्ला केहि खेलहरुमा रन लागेको थिएन । एउटा यस्तै दिनको पर्खाइमा थिए । क्यानडासँग खेल्नुअघि राम्रो एउटा इनिङ आएमा आत्माविश्वास आउँछ भन्ने सोच थियो । त्यहिँ भएर खुसी लागेको छ’, शतकपछि कुशलले भने ।

फिलिपिन्सविरुद्ध नेपालको सुरुवात भने सोचे अनुसार सकेन । कुशलले पनि संघर्ष गरेका थिए । सुरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ४१ रन बनाएको थियो । कुशल १९ बलमा २३ रनमा अविजित थिए ।

‘सुरुवात सोचे जस्तो भएको थिएन । आसिफ सुरुमै आउट भयो । कुशल आएपछि खेल्न खोजेपनि आउट भयो । दीपेन्द्र आएपछि खेल्न सजिलो भयो । उसले एउटा मोमेन्ट जारी राख्यो । रन बिट्विन द विट विकेट उसले गर्दा सजिलो भयो’, सुरुवाती समय बारे भने ।

गत वर्ष त्रिकोणात्मक टि२० आई सिरिजमा कुशलले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दा दीपेन्द्रसँग राम्रो साझेदारी गरेका थिए । फिलिपिन्सविरुद्ध दीपेन्द्र र कुशलले तेस्रो विकेटका लागि १ सय ७१ रनको कीर्तिमान शतकीय साझेदारी गरेका थिए । जुन नेपाली टि२० आईमा बनेको सर्वाधिक ठूलो साझेदारी हो । कुशल दीपेन्द्रसँग खेल्दा धेरै सहज महसुस गरि राखेका थिए । दीपेन्द्र ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनमा बोल्ड आउट भए ।

‘हामी पहिला देखिनै यू–१९बाटसँगै खेलेको हो । नेपाल पुलिस क्लबाट पनिसँगै खेल्दै आएका छौं । हाम्रो जोडि मिलिरहेको हुन्छ’, दीपेन्द्रसँगको साझेदारी बारे कुशलले भने । खेलका दौरान अन्तिम समयतिर कुशलले केहि असजिलो महसुस गरेका थिए । ओमान आएपछि कुशल ग्रोइनको चोटको कारण चार देश सम्मिलित टि२० आई सिरिजमा ओमान र युएईसँगको खेल गुमाएका थिए । इनिङको बिचमा थकित भएको भाव उनमा देखिन्थ्यो । कुशलले चोट शतप्रतिशत ठिक नभएको जानकारी दिए ।


‘ग्रोइनको चोट शतप्रतिशत फिट छैन । हल्का दुखाई भएको थियो । दीपेन्द्रसँग रन दौडदा केहि गाह्रो भएको थियो । मैले २० ओभर खेल्ने योजना गरेर आएको थिएँ’, उनले भने । कुशल टि२० आईमा शतक प्रहार गर्ने नेपालको तेस्रो खेलाडी हुन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्ले शतक प्रहार गरेका थिए ।

नेपालले सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा समूह विजेता बन्दै सेमिफाइनल खेल्नेछ । ‘छनोटमा सबै खेलहरु महत्त्वपूर्ण हुन्छ । क्यानडालाई जितेर जादा मोमेन्ट अझ राम्रो हुन्छ । हामीले त्यहिँ सोचेका छौं, सोमबार क्यानडासँग खेल्ने बारे उनले भने ।

त्यसैमा उनले थपे, ‘हरेक दिन नयाँ हो जस्तो लाग्छ । राष्ट्रिय टोलीबाट खेलेपछि सधैं प्रदर्शन गर्नुपर्ने हुन्छ । हरेक खेल महत्त्वपूर्ण हुन्छ । मैले हरेक दिन रन हान्नुपर्छ भनेर तयारी गर्छु’, उनले भने । कुशल उमेर समूहमा मध्य गतिमा बलिङ गर्ने गर्दथे । कुशलले अब भने बलिङ गर्न पूर्ण रुपमा छाडेको बताए ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.